देवघाटमा बोलबम मेला नहुने

Devghat Online

शेयर गरौ

३१ असार, देवघाट
तनहूँ चितवन र नवलपरासीको संगमस्थल पवित्र देवघाटधाममा यस वर्ष बोलवम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलवम मेला नलाग्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेको कारण मेला नगर्ने निर्णय भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
देवघाटमा हरेक वर्ष साउन महिनाको हरेक सोमबार बोलबम मेला लाग्ने गथ्र्याे । उक्त मेला भर विगतमा लाखौं भक्तजनहरु देवघाट आउने गर्दथे । हरेक सोमबार मेला लाग्ने भएपनि साउन महिना भर देवघाट मेलामय हुने गथ्र्याे । मेला भर्न आउने भक्तजनहरुको ठुलो भिड हुने भएको कारण यस वर्ष मेला नगर्ने निर्णय भएको अध्यक्ष पौडेलले बताए । चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेपछि मेला नगर्ने निर्णयमा पुगिएको समितिका अध्यक्ष पौडेलले बताए ।


मेला नलाग्ने निर्णय कार्यान्वयन गर्न समितिले देवघाट आउने सार्वजानिक सवारी साधनलाई दासढुङ्गा, ठिमुरा, र आँपटारीमै रोक्ने भएको छ । देवघाट प्रवेश गर्ने उक्त तिन स्थानमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरि सामुहिक रुपमा आवत जावतमा रोक लगाईने अध्यक्ष पौडेलले बताए । यस बाहेक समितिले मेला भर्न देवघाट नआउन सर्वसाधरणमा सुचना समेत जारी गर्ने सोचाईमा रहेको अध्यक्ष पौडेलले बताए ।
कालीगन्डकी र त्रिशुलीको संगम वेणीमा स्नान गर्न र मेलामा ठुलो संख्यामा भक्तजन आउने र त्यहाँ सरकारको भने भौतिक दुरी कायम गर्न सम्भव नहुने भएपछि यस वर्ष मेलाको कार्यक्रम स्थगित गरिएको समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । देवघाटमा यस अघि सुर्यग्रहणको समयमा समेत स्नान गर्न रोक लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान