तनहूँमा एक सय ६५ संक्रमित मध्ये एक सय २६ निको

Devghat Online

शेयर गरौ

१ साउन, दमौली
तनहूँ जिल्ला कोरोना मुक्त हुने क्रममा रहेको छ । जिल्लाका एक सय ६५ संक्रमित मध्ये एक सय २६ जना निको भएर घर फर्किएका छन् । अव ३९ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् । ति मध्ये स्वास्थ्य कार्यालय तनहूँका अनुसार कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बुधबारसम्म जिल्लाका विभिन्न स्थानका आइसोलेसनमा बसेका एक सय २६ जना संक्रमित नागरिकहरु कोरोना मुक्त भएर घर गएका छन् ।
व्यास नपा–१ को आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा राखिएका ४० जना कोरोनामुक्त भएर घर गएका छन् । त्यसैगरि दमौली अस्पतालको आइसोलेसनबाट १३ जना, शुक्लागण्डकी नगरपालिकाको जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनबाट ५० जना, भिमाद नगरपालिका स्थित भिमाद प्राविधिक शिक्षालयको आइसोलेसनबाट चार जना, बन्दीपुर अस्पतालको आइसोलेसनबाट १६ जना र आँवुखैरेनी गाउँपालिकाका दुई जना गरी एक सय २६ जना नागरिकहरु कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंकरवावु अधिकारीले बताए ।
अव आदिकवि भानुभक्त क्याम्पसको आइसोलेसनमा ११ जना, जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वासमा उपचार केन्द्रको आइसोलेसनमा १२ जना, भिमाद प्राविधिक शिक्षालयको आइसोलेसनमा ९ जना, बन्दीपुर अस्पतालको आइसोलेसनमा ७ जना गरी ३९ जना कोरोना संक्रमितहरु रहेका छन् । त्यसमध्ये कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।
यस्तै जिल्लाको विभिन्न स्थानमा बनाईएको क्वारेन्टाइनमा अहिले दुई सय ५७ जना बस्दै आएका छन् । उनीहरुको भने पिसिआर परिक्षण गर्न बाँकी नै रहेको छ । अझै पनि भारत लगायत अन्य मुलुकबाट नागरिकहरु आउने क्रम जारी रहेको र उनिहरुलाई सुरक्षित रुपमा सम्बन्धित स्थानीय तहले तयार गरेको क्वारेन्टिनमा राखि पिसिआर परीक्षण पश्चात मात्र घर पठाउने गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक