बाढी पहिरोको क्षति बुझ्दै घर घरमा नगरपालिकाको टोली

Devghat Online

शेयर गरौ

३ साउन, दुलेगौँडा
गत आईतबार राती परेको भिषण बर्षापछिको बाढी पहिरोले तनहुँमा ठुलो मानवीय र भौतिक क्षति पु¥याएको छ । यसबाट अछुतो शुक्लागण्डकी नगरपालिका पनि रहेन । बाढी र पहिरोले यहाँका १२ वटै वडामा क्षति पुगेको छ । घर, सामुदायिक भवन, सडक, पुल, कुलो, मठमन्दिर लगायतका भौतिक संरचनामा क्षति पु¥याएको छ ।


बाढी पहिरोबाट पुगेको क्षतिको निरक्षण गर्नलाई नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी घरघरमा पुग्न थालेका छन् । शुक्रबारदेखी नगरपालिकाको चार टोली क्षतिग्रस्त संरचनाको निरक्षणमा प्रत्येक वडाको घरघरै पुग्न थालेको नगरप्रवक्ता खिमबहादुर कुमालले बताए ।
पहिलो दिन नगरप्रमुख किसान गुरुङ नेतृत्वको टोलीले वडा नम्बर २, उपप्रमुख सविता रसाईलीको टोलीले वडा नम्बर ८ र ९, नगरप्रवक्ता खिमबहादुर कुमालको टोलीले वडा नम्बर ५ र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीको टोलीले वडा नम्बर ३, ६ र ७ का विभिन्न स्थानमा पुगेर निरिक्षण गरेका छन् ।
उक्त टोलीमा सम्बन्धित वडाका प्राविधिक समेत रहेका छन् । प्राविधकले क्षतिको तत्कालै लागत अनुमान निकाल्ने प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले बताए । उनले भने, ‘क्षतिग्रस्त संरचनाको तथ्याङक लिने र पिडामा रहेका नागरिकलाई सान्तवना दिने गरेका छौँ ।’
तथ्याङक संकलनपश्चात घर भत्किएकालाई पहिलो प्राथमिकता दिएर व्यवस्थापन गर्ने नगरप्रवक्ता कुमालले बताए । ‘घर भत्किएकालाई तत्कालै व्यवस्थापन गर्नेछौँ । त्यसपछि उच्च जोखिममा रहेकालाई स्थानतरण गर्ने र पहिरोले अबरुद्ध मुख्य सडकहरु खुलाउने लगायतका काम हुनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक