रोटरी क्लब दमौलीद्वारा रोटरीयनलाई कट्स

Devghat Online

शेयर गरौ

३ साउन, दमौली
रोटरी क्लब अफ दमौलीले क्लबका पदाधिकारीका लागि क्लब अफिसर टे«निङ सेमिनार (कट्स) सम्पन्न गरेको छ । क्लबका नव आगन्तुक सदस्यहरुलाई क्लबको इतिहास, काम कर्तव्य र अधिकारको बारेमा जानकारी दिन तथा पुराना सदस्यहरुलाई नयाँ अद्यावधिक भएका क्लब सम्बन्धी सुचनाहरुका बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक बिना कैनीले जानकारी दिइन ।
क्लबका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रोटरीले समाजमा अलग पहिचान बनाउन सफल भएकाले समय र सन्दर्भ बदलिदै जादा सोही अनुसार आफुलाई अपडेट गर्दै जानु पर्ने बताए । पेशा र सेवामा इमान्दर मानिसहरु मिलेर क्लब स्थापित गरेको चर्चा गर्दै न्यौपानेले यसको छविलाई उच्च बनाउन रोटरी क्लबका सबै सदस्यहरुले असल संस्कार सिक्न र अवलम्बन गर्न आवश्यक रहेकोमा जोड दिए ।


त्यस्तै क्लबका संस्थापक अध्यक्ष एवम् संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले अहिलेको वर्तमान अवस्थामा समाजमा परेको प्राकृतिक विपत्तीमा क्लबले सहयोग गर्न आवश्यक रहेको बताए । “हामी रोटरीयनहरुले समाजमा निस्वार्थ सहयोग गरी रहेका छौँ, अबको समयमा पनि समाजमा परेका समस्याहरु निवारणमा हाम्रो साथ र सहयोगको खाचोँ छ” उनले भने ।
सो अवसरमा क्लबका पुर्व अध्यक्ष एवम् रोटरी डिष्ट्रीक को–टे«नर हरिसिं गुरुङ्ले रोटरीको परिचय, यसको स्थापना, ऐतिहासिक विकासक्रम, रोटरी क्लबको सदस्ययता, रोटरीका कार्यक्षेत्र र रोटरी क्लबका विभिन्न पद तथा पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार लगायतका बारेमा प्रशिक्षण दिएका थिए ।
त्यस्तै गरी पुर्व अध्यक्ष रजिनलाल श्रेष्ठले रोटरीका मुख्य स्रोतहरुका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा क्लबको ५ मुख्य समितिको तर्फबाट आफ्नो कार्यकालमा गर्ने गतिविधिहरुको बारे कार्ययोजना प्रस्तुत गरिएको थियो । तालिममा क्लबका २६ जना पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पे्रसिडेन्ट इलेक्ट दिनेशकुमार श्रेष्ठले स्वागत र निवर्तमान अध्यक्ष सुर्जकुमार मल्लले धन्यवाद ज्ञापन गरेका थिए भने क्लबका सचिव सागर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म