इन्सेकद्वारा कावासोती नगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

Devghat Online

शेयर गरौ

४ साउन, कावासोती
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिकालाई आइतबार स्वास्थ्य सामग्री प्रदान गरेको छ । कावासोती नगरपालिकालाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहज होस् भन्ने उद्देश्यले ५०० थान माक्स, एक लिटर सेनिटाइजर र २ थान थर्मल गन हस्तान्तरण गरिएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि तिर्थराज डुम्रे र इन्सेकले गठन गरेको मानव अधिकार समूह कावासोतीका सदस्य दयाराम आचार्यले संयुक्तरूपमा कावासोती नगरपालिका उपप्रमुख प्रेमशंकर मर्दनियालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामग्री ग्रहण गर्दै नगरपालिका उपप्रमुख मर्दनियाले (कोभिड १९ ) को कारण सृजना भएको विपदमा इन्सेकको सहकार्य महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले आगामी दिनमा समेत आवश्यक समन्वय गर्न अनुरोध गरे ।
इन्सेक गण्डकी प्रदेशद्वारा नवलपुरको दुई स्थानीय तह कावासोती नगरपालिका र बिनयी त्रिवेणी गाउँपालिकामा मानव अधिकार संरक्षण तथा सम्वदर््धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालित छन् । सोही कार्यक्रमअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको परियोजना जिल्ला सहजकर्ता ज्ञानु पंगेनीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले