बोलवम मेलामा सहभागी नहुन देवघाट क्षेत्र विकास समितिको अनुरोध

Devghat Online

शेयर गरौ

४ साउन, देवघाट
देवघाट क्षेत्र विकास समितिले साउन ५ गते सोमबारबाट लाग्ने बोमवम मेलामा सहभागी नहुन अपिल गरेको छ । समितिले आईतबार विज्ञप्ति प्रकाशित गरि कोरोना भाइरसको संक्रमणको जोखिम यथावत नै रहेको हुँदा अहिले मेलापर्व, उत्सव वा भिडभाड गर्ने स्थिती नरहेको हुँदा नागरिकको स्वास्थ्य सुरक्षाको संवेदनशिलतालाई ख्याल गरि यस वर्षको बोलवम मेलामा सहभागी नहुन सर्वसाधरणलाई अनुरोध गरेको हो ।
समितिका अध्यक्ष शिवराज पौडेलद्वारा हस्ताक्षरित विज्ञिप्तमा पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम सनातन संस्कृतीका अनुयायीहरुको आस्थाको केन्द्र भएको जनाईएको छ । देवघाटधाममा विभिन्न धार्मिक, सांस्कृतिक महत्वका मेलापर्वहरुमा श्रद्धालुहरुको ठुलो जमघट हुने परम्परा रही आएको जनाईएको छ । हरेक वर्ष श्रावण महिनामा देवघाटधाममा समेत श्रावणी बोलवम मेला एउटा उत्सवका रुपमा मनाउने परम्पराको विकास हुँदै आएको विज्ञप्तिमा जनाईएको छ ।
विज्ञप्तिमा देवघाट क्षेत्र विकास समितिले तिर्थस्थलमा श्रद्धालुहरुलाई सहभागी नहुन र नआउन गरिएको अनुरोध कसैलकोला िपनि प्रीय छैन भन्दै परिस्थितीबस गरिएको यस अनुरोधलाई सबैले मनन गरि सहयोग गर्नुहुने छ भन्ने विश्वास लिर्ईएको छ । यसबाट श्रद्धालु भक्तजनहरुमा पर्न गएको असुविधा प्रति देवघाट क्षेत्र विकास समितिले क्षमाप्राथी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न