पुष्पलाल स्मृति दिवसमा बृक्षारोपण गरिने

Devghat Online

शेयर गरौ

५ साउन, दमौली

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा व्यास नगर कमिटिले बृक्षारोपण गर्ने भएको छ । श्रेष्ठको स्मृति दिवस साउन ७ गते नेकपा व्यास नगर कमिटिले व्यास नपा ११ कोलढुङ्गा स्थित क्रिकेट मैदानको वरपर बृक्षारोपण गरिने नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्कीले बताए ।
सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु, प्रदेश कमिटिका सदस्यहरु, संघीय तथा प्रदेशसभाका सांसदहरु एवं नेकपाका जिल्ला स्तरीय र नगर स्तरीय कार्यकर्ताहरुको सहभागिता रहने अध्यक्ष कार्कीले बताए । अध्यक्ष कार्कीले सो कार्यक्रममा सहभागी हुन नेकपाका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई