४ साउन, दमौली
तनहूँका सामुदायीक विद्यालयमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलेसनहरु सकेसम्म छिटो विकल्प खोजी गरी ति बिद्यालयहरुबाट हटाइने भएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहूँको आयोजनामा सोमबार भएको समन्वयात्मक बैठकमा विद्यालयहरु अव चाँडै नै सन्चालन हुने अवस्था रहेको हुँदा सामुदायीक विद्यालयमा राखिएको क्वारेन्टाइन र आइसोलनेसनहरु चाँडो भन्दा चाँडो हटाउन अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस कार्यमा जिल्ला संकट व्यवस्थापन केन्द्रलाई बैकल्पिक स्थानको खोजी र व्यवस्थापन गर्न अनुरोध गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाई तनहँुका प्रमुख रमाकान्त शर्माले बताए । त्यसैगरि क्वारेइन्टाइन र आइसोलेसनहरु विस्थापन भएका विद्यालयहरुलाई स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको सक्रियतामा निर्मलीकरण (निसंक्रमण) गर्ने निर्णय पनि भएको शर्माले बताए ।
बैठकमा विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ ले पारेको प्रभावको विषम परिस्थितिमा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिने तथा सहजिकरण गर्ने तथा कोभिड–१९ ले ल्याएको असहज अवस्थामा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिने सम्वन्धमा स्थानीय तहमा भएका अभ्यास र अनुभवको आदान प्रदान गरिएको थियो ।
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न सो बैठकमा ब्यास नगर पालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सस्थांगत विद्यालयका सञ्चालक, सस्थांगत विद्यालय सम्वद्ध दलका कार्यकर्ता समेतबाट विद्यार्थी भर्ना गर्न र विद्यालय सञ्चालन गर्न दवाव समेत आएको अवस्थामा जिल्लामा एक रुपता हुनु पर्ने, बालबालिकाको स्वास्थ्यमा जोखिम नहुने गरी सिकाइलाई निरन्तरता दिनु पर्ने बताएका थिए ।
प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले संघिय सरकारको नीति, निर्देशन र कार्यक्रमलाई सबै स्थानीय तह र शिक्षक कर्मचारीले कार्यान्वयनमा लाग्नु पर्ने भन्दै बालबालिकालाई विद्यालयमा जमघट गराउँदा र भिन्न समुदायका बालबालिकालाई सवारी साधन मार्फत एकै स्थानमा जम्मा गराउँदा जोखिम हुन सक्ने भएकोले जोखिम नहुने गरी बालबालिका रहेकै स्थान तथा समुदायमा सिकाइलाई निरन्तरता दिन स्थानीयतह र अभिभावकसँग सहकार्य गर्नु पर्ने बताए ।
बैठकमा शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रमाकान्त शर्माले बैकल्पिक तरिकाले सिकाइलाई निरन्तता दिन गर्न सकिने कार्यहरुको बारेमा जानकारी गराएका थिए । साथै समाजमा कोभिडको–१९ जोखिम कम गर्न, सम्भावित विपतलाई न्यूनिकरण गर्न विद्यालय र शिक्षक सचेत हुनु पर्ने तथा समाजलाई सचेत पार्न बिद्यालय र शिक्षकहरु तयार हुनु पर्ने, बालबालिकाको सिकाइलाई निरन्तरता दिन शिक्षकहरु सक्रिय भएर लाग्नु पर्ने शर्माको भनाई थियो ।
बैठकमा विभिन्न स्थानीयतहका प्रमुखहरु, स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु, नेपाल शिक्षक महासंघ, प्याव्सन, एन प्याबसनका प्रतिनिधि तथा सरोकारवालहरु सहभागिता रहेको थियो ।
जैविक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै चितीखोला ग्रिन हिमालय फार्मस्टे
दमौली, भदौ ३० भानु नगरपालिका–९ चितीखोलामा सन्चालनमा रहेको ग्रिन हिमालय फार्मस्टे जैविक पर्यटनको उत्कृष्ट गन्तव्यको