प्रदेश प्रमुखद्वारा देवघाटको अवलोकन (फोटो फिचर)

Devghat Online

शेयर गरौ

५ साउन, देवघाट
बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तनहूँको देवघाटधामको अवलोकन गरेका छन् ।

साउन महिनाको पहिलो सोमबार प्रदेश प्रमुख प्रसाईले देवघाटका विभिन्न धार्मिक स्थलहरुको अवलोकन गरि महादेवको मन्दिरमा पुजा समेत गरेका थिए ।

सो अवसरमा प्रदेश प्रमुख प्रसाईले देवघाट क्षेत्र विकास समिति, गलेश्वर आश्रम, महेश सन्यास आश्रम लगायतको क्षेत्रको अवलोकन र गलेश्वर आश्रममा रहेको महादेवको मन्दिरमा पुजा गरेका थिए ।


प्रदेश प्रमुख प्रसाईलाई देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल, गलेश्वर आश्रमका पिठाधिस अनन्त श्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरे लगायतले स्वागत तथा देवघाटको महिमाको बारेमा जानकारी गराएका थिए ।


तश्विरहरुः देवघाट अनलाइन

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

वरिष्ठ समाजसेवी भुर्तेलद्वारा मातापिता सेवाश्रममा एक कोठा निर्माण गर्ने

देवघाट, माघ ७ देवघाटमा जारी महा–महोत्सवका क्रममा वरिष्ठ समाजसेवी तथा चिकित्सा क्षेत्रका प्रतिष्ठित व्यक्तित्व डा.केशवराज

बन्दीपुरमा युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण सम्बन्धी अभिमुखीकरण सम्पन्न

बन्दीपुर, माघ ७ युनेस्को संघसंस्थाहरुको सवलीकरण र जागरण तथा अभिमुखीकरण कार्यक्रम तनहुँको बन्दीपुरमा आइतबार सम्पन्न