८ साउन, काठमाडौं
भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राख्न पहल थालिएको छ । तनहूँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानले विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडा लाई भेटि भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी भानु क्षेत्र विकास समिति बनाई सोही अनुसार बजेट विनियोजन गर्न माग गरे । यस अघि केन्द्र सरकार मातहत रहेको भानु जन्मस्थल विकास समिति ३ वर्ष देखी स्थानीय तहको मातहत रहेको छ । भानु नगरपालिकाको मातहत हुँदा राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र उनको योगदान ओझेलमा परेको गुनासो रही आएको थियो ।
स्थानीय बासिन्दाको गुनासो र भानु नगरपालिकाको आग्रह अनुसार सांसदद्वयले भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी अधिकार सम्पन्न भानु क्षेत्र विकास समिति बनाउने गरि पहल थालेका हुन् । सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले यस बारेमा आफु सकारात्मक भएको भन्दै आवश्यक निर्णय गर्ने बताएका थिए ।

बाढी पीडितको लागि होटल व्यवसायी संघद्वारा ३८ हजार सहयोग
तनहुँ । भदौ १६ होटेल ब्यबसायी संघ तनहुँले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैबी प्रकोप












