भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राख्न पहल

Devghat Online

शेयर गरौ

८ साउन, काठमाडौं
भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राख्न पहल थालिएको छ । तनहूँबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठ किसान र राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानले विहिबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडा लाई भेटि भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी भानु क्षेत्र विकास समिति बनाई सोही अनुसार बजेट विनियोजन गर्न माग गरे । यस अघि केन्द्र सरकार मातहत रहेको भानु जन्मस्थल विकास समिति ३ वर्ष देखी स्थानीय तहको मातहत रहेको छ । भानु नगरपालिकाको मातहत हुँदा राष्ट्रिय विभुती आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र उनको योगदान ओझेलमा परेको गुनासो रही आएको थियो ।
स्थानीय बासिन्दाको गुनासो र भानु नगरपालिकाको आग्रह अनुसार सांसदद्वयले भानु जन्मस्थल विकास समितिलाई संघीय सरकार मातहत राखी अधिकार सम्पन्न भानु क्षेत्र विकास समिति बनाउने गरि पहल थालेका हुन् । सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले यस बारेमा आफु सकारात्मक भएको भन्दै आवश्यक निर्णय गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा