काठ चोरी मुद्दाका फरार ३ व्यक्ती १३ बर्ष पछी पक्राउ

Devghat Online

शेयर गरौ

८ साउन, दमौली
काठ चोरी मुद्धाका फरार व्यक्तिहरु १३ वर्ष पछि पक्राउ परेका छन् । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिएको तनहूँ प्रहरीले अबैध रुपमा काठ चोरी मुद्दामा फरार रहेका व्यक्तिहरुलाई विहिबार १३ वर्ष पछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भानु नगरपालिका वडा नं ५ नागनगेनी बस्ने ४८ बर्र्षीय गोपाल बहादुर भण्डारी, सोही ठाउँका ६० वर्षीय को पर्शुराम भण्डारी र सोही ठाउँका ४८ वर्षीय सुर्य बहादुर घर्ती रहेका छन् ।
उनीहरु उपर तनहुँ जिल्ला अदालतले २०६४ जेठ२८ गते जनही तिन महिना कैद सजाय तोकिएकोमा कैद भुक्तान नगरी फरार रहेका उनीहरुको खोजतलास गर्ने क्रममा मिति बुधबार आ आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रहरी निरिक्षक शिवराज क्षेत्रीले जानकारी दिए ।
पक्राउ परेका सबैलाई विहिबार जिल्ला अदालत समक्ष पेश गरि बाँकी कैद भुक्तानको लागी कारागार कार्यालय तनहुँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई