बाढी र पहिरो पीडितलाई सांसद श्रेष्ठको सहयोग

Devghat Online

शेयर गरौ

पीडितलाई केही भएपनि राहत पुगोस भन्ने उद्देश्य
१२ साउन, दमौली
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले बाढी र पहिरो पीडित तनहूँका जनतालाई राहत नगद राहत उपलब्ध गराएका छन् । बाढी र पहिरोबाट भएको क्षतीको निरिक्षणकोलागि ३ दिन अघि गृह जिल्ला तनहूँ आएका सांसद श्रेष्ठले आफ्नो क्षेत्रमा भएको क्षतीको निरिक्षण गरि सरकारको तर्फबाट उपलब्ध गराईएको राहतसँगै आफ्नो व्यक्तिगत तर्फबाट पनि नगद राहत उपलब्ध गराएका छन् ।


सांसद श्रेष्ठले गत असार २९ गते आएको पहिरोले परिएर मृत्यु भएका व्यास नपा–११ ओढारेका पदमबहादुर चेपाङको परिवारलाई आईतबार नगद एक लाख रुपैयाँ उपलब्ध गराएका छन् । सो रकम सांसद श्रेष्ठले आफ्नै व्यक्तिगत तर्फबाट उपलब्ध गराएका हुन् । त्यस्तै पहिरोले घर भत्किएका पदमबहादुरका भाई सुमन चेपाङलाई नगद ५० हजार र केही महिना बस्न हुने खालको अस्थायी टेन्ट तयार गरि उपलब्ध गराएका छन् । त्यस्तै ओढारेका ३६ घर चेपाङ परिवारलाई ४० बोरा चामल पनि सांसद श्रेष्ठले आईतबार नै उपलब्ध गराएका थिए ।


त्यसैगरि व्यास नपा–९ माझफाँटका पहिराले पुरिएर चार जना सदस्य गुमाएका केशरबहादुर थापालाई व्यक्तिगत तर्फबाट राहत २५ हजार र उनको उपचार खर्चकोलागि सोमबार पोखराको गन्डकी मेडिकल कलेजमै पुगेर २० हजार रुपैयाँ उपलब्ध गराएका छन् । सो घटनामा केशरबहादुरको परिवारका ३ जना सदस्यको मृत्यु भएको थियो भने एक जना अझै वेपत्ता छन् । त्यस्तै पहिरोले पुरिएर मृत्यु भएकी गजौडेकी मैताकुमारी घर्तीको परिवारलाई नगद २५ हजार पनि सांसद श्रेष्ठले उपलब्ध गराएका छन् ।


त्यसैगरि पहिरोले पुरिएर मृत्यु भएका भानु नपा–९ की तिलकुमारी धौरालीको छोराहरुलाई नगद ५० हजार, पहिरोले भर भत्एिको भानु नपा ९ की लक्ष्मी परियारलाई २० हजार र बाढिले घर बगाएको व्यास नपा ४ की राधा परियारलाई नगद २० हजार रुपैयाँ सांसद श्रेष्ठले उपलध गराएका छन् । यस बाहेक मुटुको समस्या भई पोखरामा उपचाररत व्यास नपा ६ का डिल्लीराज थापालाई पनि अस्पतालमै पुगेर भेट गरि उपचारको लागि नगद ३० हजार रुपैयाँ सांसद श्रेष्ठले उपलब्ध गराएका छन् ।
त्यस्तै राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेले पनि पहिरोले पुरिएर मृत्यु भएका भानु नपा–९ की तिलकुमारी धौरालीको छोराहरुलाई नगद २० हजार रुपैयाँ सहयोग उपलब्ध गराएकी छिन् ।


आफ्नो क्षेत्रका जनता बाढी र पहिरोबाट पीडित भएको हुँदा उनीहरुलाई पुनस्थापनाकोलागि सहयोग पुगोस र घाईतेहरुको उपचारकोलागि पनि केही सहयोग होस भन्ने मनसायले थोरै भएपनि नगद सहयोग गरेको सांसद श्रेष्ठले बताए । आफुले दिएको सहयोग मानवीय मुल्यसँग तुलनायोग्य नभएपनि आफन्त गुमाईसकेका नागरिकलाई केही मात्रामा भएपनि राहत पुग्छ भन्ने आफुले अपेक्षा गरेको सांसद श्रेष्ठले बताए ।

सांसद श्रेष्ठले सोमबार पोखराको गन्डकी मेडिकल कलेजमा उपचार गराईरहेका केशरबहादुर थापालाई भेट गरि उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका थिए । साथै उनको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकहरुसँग आग्रह गरेका थिए । साथै सांसद श्रेष्ठले अस्पतालबाट नै गन्डकी प्रदेशकी सााजिक विकास मन्त्री नरदेवी पुनलाई टेलिफोन गरि बाढी र पहिरोको कारण घाईते भएका नागरिकलाई निशुल्क उपचारको व्यवस्था गर्न अनुरोध गरेका थिए ।
गन्डकी अस्पतालमा उपचार गराउनेहरुको उपचार निशुल्क भएपनि अन्य नीजि अस्पतालमा उपचार गराउनेहरुलाई ५० प्रतिशत मात्र निशुल्क हुने व्यवस्था रहेकोमा सांसद श्रेष्ठले नीजि अस्पतालमा उपचार गराउनेहरुलाई पनि निशुल्क उपचारको व्यवस्था मिलाउन मन्त्री पुनसँग अनुरोध गरेका थिए ।
यसैगरि सांसद श्रेष्ठले सोमबार नै गन्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, गन्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी घनश्याम अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख डिआईजी कुलदेव थापालाई उनीहरुकै निवासमा भेट गरि जनताको शान्ती सुरक्षा र प्राकृतिक प्रकोपले पु¥याएको क्षती तथा उद्धार र राहतको अवस्थाको बारेमा जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४