कौडालले पाएनन् ‘मनको बह’ पोख्न

Devghat Online

शेयर गरौ

१४ साउन, दमौली
गितकार दुर्गानीधि कौडाल (नवराज) ले मनको बह पोख्न नपाएको कुरा गजल मार्फत सांगीतिक बजारमा ल्याएका छन् । कौडालको रचना रहेको आधुनिक गजल ‘तिमिसँग मनको बह’ बजारमा आउने तयारीमा रहेको छ । उक्त गजलमा डा.श्यामसुन्दर चौधरीले स्वर भरेका छन् । गायक चौधरीले नै उक्त गजलमा संगीत भरेका छन् ।
उक्त गजलको अरेन्ज तथा रेकर्डिङ रविन दर्शनधारी अल्फÞा स्टुडियो छाउनीले गरेको छ भने यसको निर्माण मधुर बस्नेत र उनको याक ईन्टरटेन्मेन्ट प्रा.लिद्वारा गरिएको छ । केही समयपछि म्युजिक भिडियोको छायांकन पछि बजारमा आउने तयारीमा रहेको सो गजलको मिडिया पार्टनर लोकवाणी दैनिक रहेको छ ।

तिमिसँग मनको बह पोख्न पाको थिईन
बाध्यताले तिमिसँग भेट्न पाको थिइन

सुनेको थिए पराईसँग नाता जोड्दै छौ रे
अजम्बरी भनेर लाएको माया तिमिले तोड्दै छौ रे

तिमिसँग बाचा कसम खान पाको थिइन
झुटो माया तिमिसँग मैले लाको थिईन्

व्यास नपा १४ छाब्दी घर भई हाल अध्ययनको शिलशिलामा साईप्रसमा रहेका कौडालले सांगीतिक क्षेत्रमा पनि पाईला चालेका छन् । यस अघि उनको रचनामा आधुनिक गजल ‘भन्छन् नी दुनियाले’, रोईला गित ‘चलुबुले’ र लोकतथा आधुनिक गित ‘मर्म’ बजारमा आईसकेको छ । यस अघिको गितलाई दर्शक तथा श्रोताले निकै मन पराउनु भएको कारणले आफुदाई गित रचना गर्ने हौसला मिलेको गितकार कौडालले बताए ।
साईप्रसमा पढाईसँगै रोजगारीलाई पनि अगाडी बढाई रहेका कौडालले पढाई र रोजगारीबाट निस्केको समय गित रचना र पुस्तकको लेखनीमा बिताउने गरेको बताए । कौडालले यस अघि नेपालमा हुँदा कक्षा कक्षा, ८, ९ र १० को को लागि अंग्रेजी निबन्ध र व्याकरण, कक्षा ११ र १२ को अंग्रेजी सहायक र विएड दोश्रो वर्षको इङ्लिस फर कम्युनिकेसन नामको पुस्तक समेत प्रकाशन गरिसकेका छन् । कौडालले अंग्रेजी शिक्षण तालिम र विभिन्न परामर्शदाता कम्पनीमा परामर्शदाताको रुपमा अनुभव हासिल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

तनहुँ । भदौ १६ गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ