निकाल्यो बामदेव गौतमको प्रस्ताव नै सही रहेको निश्कर्ष
१६ साउन, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाको समुह पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा उभिने निर्णय गरेको छ । अध्यक्ष अर्का पुष्पकमल दाहाल, प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई साथमा राखेर ओलीबिरुद्ध अभियान चलाएपछि थापा समुह ओलीकैपक्षमा उभिने निश्कर्षमा पुगेको हो ।



पार्टी एकतापछि पहिलो पटक आफ्नो समुहको गोप्य भेला गरी गृहमन्त्री थापाले ओलीकै साथमा उभिने निर्णयमा सवैलाई सहमत गराएका हुन् । बिहीवार थापाले आफू निकट रहेकामध्ये २९ जना नेता बोलाएर नेकपाभित्र देखिएको संकट र समाधानका उपायहरूबारे छलफल गरेका थिए । भेलामा सहभागी एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई दिएको जानकारीअनुसार गृहमन्त्री थापाले अहिलेको संकट टार्न सवैले प्रधानमन्त्री ओलीलाई नै साथ दिनुपर्ने आफ्नो निश्कर्ष सुनाएका थिए ।
भेलामा थापाले ओलीलाई बहुमतले निर्णय गरेर हटाउन सकिने अवस्था आउँदा पार्टी नै बिभाजन हुनखतरा औल्याएका थिए । ‘चार नेताको गुटबन्दी नै मुख्यत समस्या देखियो, यस्तो बेला प्रधानमन्त्रीलाई बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्छन्, त्यो झन् प्रत्युत्पादक हुन्छ, यस्तो काम गर्न हुँदैन’ थापाको भनाई थियो।
भेलामा नेता थापाले प्रधानमन्त्री ओलीमा कतिपय कमी कमजोरी रहेपनि राष्ट्रियताको सवाल आएकोले साथ दिनुपर्ने धारणा राखेको र सवैले समर्थन जनाएको ती नेताले जनताटाइम्सलाई जानकारी दिए ।
उनका अनुसार थापाले अहिले पार्टीमा देखिएको समस्याको मुख्य जिम्मेवार अध्यक्ष प्रचण्डसहित बरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको गुटबन्दी रहेको निश्कर्ष पनि सनाएका थिए । बादलले आफूसँग भएको शक्ति एकता र फुट दुवैका लागि पर्याप्त नभएपनि निर्णायक हुन सक्ने धारणा पनि राखेका थिए । थापाको भनाईपछि पार्टी एक भएर अघि बढाउन प्रधानमन्त्री र अध्यक्ष ओलीको राजीनामा उचित नहुने निश्कर्ष भेलाले निकोलेको ती सदस्यको भनाई छ ।
चार नेताको गुटबन्दी नै मुख्यत समस्या देखियो, यस्तो बेला प्रधानमन्त्रीलाई बहुमतले हटाउन खोजे संसद विघटन गर्ने, मध्यावधि निर्वाचन गर्ने, राष्ट्रपति शासन लगाउने जस्ता कामहरू हुन सक्छन्, त्यो झन् प्रत्युत्पादक हुन्छ, यस्तो काम गर्न हुँदैन ।
भेलामा मोहन वैद्यको पार्टी छाडेर प्रचण्डले नेतृत्व गर्नभएको तत्कालीन माओवादी केन्द्रमा फर्किएका अधिकांश नेता सहभागी थिए । बिहीवार थापाले गरेको भेलाको निश्कर्षसँगै अव नेकपामा बहुमत पक्षधर अल्पमतमा परेको छ । उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि राखेको प्रस्ताव सही रहेको निश्कर्ष पनि भेलाले निकालेको छ । गौतमले ओली पाँच बर्ष नै प्रधानमन्त्री र एकता महाधिवेशनसम्म अध्यक्ष रहने गरी सहमतिको ६ बुँदे प्रस्ताव राखेका छन् ।












