मास्क नलगाई हिड्ने एक सय जना कारवाहीमा

Devghat Online

शेयर गरौ

१४ साउन, दमौली
कतै तपाई मास्क नलगाई घरबाट बाहिर निस्कन लाग्नु भएको त छैन ? यदी त्यस्तो सोच्नु भएको छ भने होसियार, कारवाहीमा पर्नु होला । दमौलीमा मास्क नलगाई हिड्ने एक सय जनालाई बुधबार प्रहरीले कारवाही गरेको छ । उनीहलाई एक सय रुपैयाँ जरिवाना गरिएको हो ।
सरकारले कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन नागरिकलाई अनुरोध गरेको छ । हाल लकडाउन खोलिएपनि कोरोनाको जोखिम भने कायमै रहेको अवस्थामा मास्क लगाई अन्य स्वास्थ्य सुरक्षाको नियम पालना गर्न सरकारले नगारिकलाई अनुरोध गरेको छ ।
यसैक्रममा कोरोना भाईरस (कोभिड १९) बिरुद्दको जनचेतना फैलाउदै रोकथाम तथा नियन्त्रणको लागी सरकारको निर्देशन बमोजिम जनतामा सचेतना जगाउदै आएको प्रशासनले पछिल्लो समयमा कोरोना भाईरस अनपेक्षित रुपमा फैलिदै आएकोले त्यसको प्रत्यक्ष असर समाजमा देखा परेको बर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना रोकथामको लागी प्रयोग गरिने माक्स नलगाई पैदल हिड्ने तथा सवारी साधनहरु चलाई हिड्ने व्यक्तीहरुलाई कारवाही गरिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय तनहूँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहूँको सक्रियतामा बुधबार दमौली बजारका विभिन्न स्थानमा माक्सको प्रयोग नगरी हिड्ने एक सय जना मानिसहरुलाई प्रतिव्यक्ती एक सयको दरले जरिवाना गरी कोरोना भाईरसको बारेमा पुर्ण रुपमा जानकारी दिई सम्झाई बुझाई गरी कारवी एवं सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए । नागरिकहरुले व्यक्तिगत स्वास्थ्य सुरक्षाको उपायहरु अबलम्बन गरेमा माहामारीको रुपमा फैलदै गएको कोरोना भाईरसबाट बच्न सकिने तिमिल्सेनाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक