थप ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ८६ पुग्यो

Devghat Online

शेयर गरौ

काठमाडौँ, १७ साउन
नेपालमा आज थप ३१५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ३१५ जनामा कोरोनाको संक्रमण देखिएको बताए । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २० हजार ८६ पुगेको छ ।

त्यस्तै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५६ पुगेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । पछिल्लो २४ घन्टामा ९३ जना डिस्चार्ज भएका छन्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

तनहुँ । भदौ १६ गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ