बकर इदको अवसरमा सांसद श्रेष्ठद्वारा शुभकामना

Devghat Online

शेयर गरौ

१७ साउन, दमौली
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल अजहा (बकर इद) अवसरमा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शुभकामना दिएका छन् । सांसद श्रेष्ठले शुक्रबार साँझ शुभकामना सन्देश प्रकाशित गरि बकर इदको पावन अवसरमा विश्व भरि छरिएर रहेका समस्त नेपाली दाजु भाइ दिदी बैनी लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको कामना गरेका छन् ।

नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक भएकोले सबै धर्मावलम्बीको चाड पर्व सबै नेपालीको नै चाडपर्व जस्तै हुँदै आएको र यो नै हाम्रो विशेषता रहेको भन्दै सांसद श्रेष्ठले जनताको आन्दोलन र बलिदानीको प्रतिफल स्वरुप प्राप्त धर्मनिरपेक्षताको मर्मलाई सबैले सम्मान गर्नु पर्ने र भन्दै मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल अजहालाई सबैले उल्लासमय रुपमा मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको शुभकामना सन्देशमा जनाएका छन् ।

तनहुँ जिल्ला क्षेत्र नम्बर १ को जनप्रतिनिधिको हैसियतमा यहाँका विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चको संरक्षण तथा सम्बर्द्धन गर्नु मैले आफ्नो जिम्मेवारी ठानेको भन्दै सांसद श्रेष्ठले अहिले मुलुक विश्व व्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्नुको लागि समाजिक तथा भौतिक दुरी कायम राख्दै यो पर्व मनाउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक