बकर इदको अवसरमा सांसद श्रेष्ठद्वारा शुभकामना

Devghat Online

शेयर गरौ

१७ साउन, दमौली
इस्लाम धर्मावलम्बीहरूको महान पर्व इद उल अजहा (बकर इद) अवसरमा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शुभकामना दिएका छन् । सांसद श्रेष्ठले शुक्रबार साँझ शुभकामना सन्देश प्रकाशित गरि बकर इदको पावन अवसरमा विश्व भरि छरिएर रहेका समस्त नेपाली दाजु भाइ दिदी बैनी लगायत सम्पुर्णमा सुख, शान्ति, समृद्धि र सु स्वास्थ्यको कामना गरेका छन् ।

नेपाल धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक मुलुक भएकोले सबै धर्मावलम्बीको चाड पर्व सबै नेपालीको नै चाडपर्व जस्तै हुँदै आएको र यो नै हाम्रो विशेषता रहेको भन्दै सांसद श्रेष्ठले जनताको आन्दोलन र बलिदानीको प्रतिफल स्वरुप प्राप्त धर्मनिरपेक्षताको मर्मलाई सबैले सम्मान गर्नु पर्ने र भन्दै मुस्लिम धर्मावलम्बीको महान पर्व इद उल अजहालाई सबैले उल्लासमय रुपमा मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको शुभकामना सन्देशमा जनाएका छन् ।

तनहुँ जिल्ला क्षेत्र नम्बर १ को जनप्रतिनिधिको हैसियतमा यहाँका विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद तथा चर्चको संरक्षण तथा सम्बर्द्धन गर्नु मैले आफ्नो जिम्मेवारी ठानेको भन्दै सांसद श्रेष्ठले अहिले मुलुक विश्व व्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्नुको लागि समाजिक तथा भौतिक दुरी कायम राख्दै यो पर्व मनाउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा