विश्व आदिवासी दिवसको अवसरमा सांसद श्रेष्ठद्वारा शुभकामना

Devghat Online

शेयर गरौ

५ साउन, दमौली
२६ औं विश्व आदिवासी दिवस (९ अगष्ट) २०७७ को अवसरमा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शुभकामना दिएका छन् । आदिवासी दिवसको अवसरमा सांसद श्रेष्ठले आईतबार शुभकामना सन्देश प्रकाशित गरि स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण आदिवासी जनजाती समुदाय लगायत सम्पुर्ण जिल्लावासीहरुमा शुख, शान्ती र समृद्धीको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा सांसद श्रेष्ठले नेपाल बहुजातीय, बहुभाषीय र बहुधार्मिक मुलुक हो । यहाँ सबै जातजातीको आ–आफ्नो रिती संस्कृती, चाडपर्व तथा दिवसहरु उल्लासपुर्वक मनाउने गरिन्छ । यसै सन्र्दमा विश्वभरका सम्पुर्ण आदिवासी जनजाती समुदायले पनि अगष्ट ९ लाई आदिवासी दिवस मनाउने गरेको जनाएका छन् । यो दिवस सन १९९४ मा विश्वभरका आदिवासी जनजाती समुदायको हक अधिकार तथा उनीहरुको आधारभुत मानवअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले मनाउने घोषणा गरेपछि विश्वभर मनाउन थालिएको उल्लेख गरेका छन् ।
नेपालको सन्दर्भमा यो दिवसको महत्व आदिवासी जनजातीको राजनीतिक तथा नागरिक अधिकारको संरक्षण गर्दै उनीहरुलाई राज्यको हरेक निकायको मुलधारमा ल्याउने तथा आदिवासी जनजातीको भाषा, भेष, कला र संस्कृतीको संरक्षण र सम्बद्र्धन गर्ने मुल उद्धेश्य रहेको सांसद श्रेष्ठले जनाएका छन् । संविधानले आदिवासी जनजातीको हक र अधिकारको रुपमा ग्यारेन्टी गरेको अधिकारहरुको उपभोग गर्दै थप अधिकार प्राप्तीको लागि विश्व आदिवासी दिवस सार्थक बनोस भन्ने कामना गरेका छन् ।
सांसद श्रेष्ठले अहिले विश्व कोरोना भाइरसको महामारीको चपेटामा परेको र कोरोनाको जोखिम कामयै रहेको हुँदा आवश्यक स्वास्थ्य सुरक्षा अपनाई भौतिक तथा सामाजिक दुरी कायम गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्दै यो दिवस मनाउन पनि अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक