बाढी पहिरोले पु¥याएको क्षतीको सांसद सिग्देलद्वारा निरिक्षण

Devghat Online

शेयर गरौ

प्राकृतिक विपत्तीको सामना गर्न सरकार सक्षम छः सांसद सिग्देल
साउन २७, दमौली
प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले बाढी र पहिरोले तनहूँमा पु¥याएको क्षतीको निरिक्षण गरेका छन् । मंगलबार सांसद सिग्देलले म्याग्दे गाउँपालिका र शुक्लागन्डकी नगरपालिकाको विभिन्न क्षेत्रको निरिक्षण गरेका थिए । सो क्रममा सांसद सिग्देलले प्राकृतिक विपत्तीको सामना गर्न सरकार सक्षम भएको बताए ।

असार अन्तिम साताको बाढी र पहिरोले पु¥याएको क्षतीको विवरण संकलन तथा राहत वितरण कार्यक्रममा बोल्दै सांसद सिग्देलले प्राकृतिक विपत्ती कसैले अनुमान नगर्ने र सोच्न नसक्ने भएपनि त्यसपछि सरकारले त्यसको सामना गर्न सक्ने÷नसक्ने कुरा महत्वपुर्ण हुने बताए ।

वर्तमान सरकार प्राकृतिक विपत्ती वा महामारीको सामना गर्न सक्षम भएको भन्दै सांसद सिग्देलले वर्तमान सरकराले प्राकृतिक विपत्तीमा परेकोको राहतमा विगतको भन्दा प्रभावकारी रुमपा काम गरिरहेको बताए । अहिले सरकारले विपत्तीमा परी ज्यान गुमाउनेको परिवारलाई विगतको भन्दा थप एकलाख रुपैयाँ दिने निर्णय भई कार्यान्वयन भईसकेको पनि सांसद सिग्देलले बताए । त्यसैगरि बाढी र पहिरोमा परि घर बस्न नहुने गरि क्षती भएमा भुकुम्पको सरह घर बनाउन तिन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको सांसद सिग्देलले बताए ।

तिन वटै तहको सरकारको काम प्रभावकारी भईरहेको हुँदा प्राकृतिक विपत्ती पछिको उद्धार राहतमा पनि तिन वटै सरकारको समन्वय हुनु पर्ने उनको भनाई थियो । जिल्ला विपद् व्यवस्थापन समितिले गरेको सिफारिसको आधरमा संघीय सरकारले राहत र क्षतीपुर्ती उपलब्ध गराउने सांसद सिग्देलले जानकारी गराए ।  सांसद सिग्देलले असार २८ गते पहिरोमा परि ज्यान गुमाएकी म्याग्दे गाउँपालिका–६ बेलाउतीडाँडाकी १५ वर्षीया लक्ष्मी विकको अभिभावकलाई सरकारको तर्फबाट थप उपलब्ध गराईएको एक लाख रुपैयाँ उपलब्ध गराएका थिए ।

सांसद सिग्देलले मंगलबार म्याग्दे गाउँपालिका–२ निर्मलवस्ती, वडहरे, वडा नम्बर ३ को किल्चोक, वडा नम्बर ४ को थर्पु बजार, वडा नम्बर ७ को घुम्ती, वडा नम्बर ७ कै जनजागृती मोटर मार्गको निरिक्षण गरेका थिए । त्यसैगरि शुक्लागन्डकी नपा ७ र म्याग्दे ४ जोड्ने म्याग्देखोलाको पुल,शुक्लागन्डकी नपा ७ को स्याउली बजार, वडा नम्बर ४ को पुल्चोक, वडा नम्बर १० को ढोरवाराही मार्ग र वडा नम्बर ११ को क्याङदी खोलामा बाढी र पहिरोले पु¥याएको क्षतीको निरिक्षण गरि राहत वितरण र पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरोकारवाला कार्यालय प्रमुखलाई निर्देशन दिएका थिए ।

सो निरिक्षणमा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य मदन आले, जिल्ला कार्यालय सदस्य श्रीप्रसाद श्रेष्ठ, सचिवालय सदस्यहरु हरिराज कडेल, प्रदिप अधिकारी, रामचन्द्र उपाध्याय, देवलाल खनाल, शुक्लागन्डकी नगर कमिटिका अध्यक्ष मुक्ती तिमिल्सेना, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय तनहँुँकी प्रमुख दिपा गौतम, डिभिजन सडक कार्यालयका
ईन्जिनियर सचिन श्रेष्ठ लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र