तीज पर्वको अवसरमा सांसद श्रेष्ठको शुभकामना

Devghat Online

शेयर गरौ

‘तीज पर्वले नेपाली नारीहरुमा सुख शान्ती र समृद्धी ल्याओस’

४ भदौ, दमौली

प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले नेपाली नारीहरुको महानपर्व हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण आमा दिदी बहिनीहरुमा शुभकामना दिएका छन् । तीजको अवसरमा विहिबार साँझ शुभकामना सन्देश प्रकाशित गरि सांसद श्रेष्ठले पौराणिक महत्व बोकेको तीज पर्वले सबैमा सुख शान्ती र समृद्धी ल्याओस् र सुखी नेपाली समृद्ध नेपाल बनाउने महान लक्ष्यलाई यो पर्वले सहयोग पुगोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

हिन्दु नारीहरुले मनाउदै आएको तीज पर्व पछिल्लो समय सम्पुर्ण नेपाली नारीहरुको साझा पर्वको रुपमा विकास हुँदै गईरहेको भन्दै सांसद श्रेष्ठले यो पर्वको जति धार्मिक रुपमा महत्वपुर्ण छ, त्यति नै सांस्कृतिक रुपमा पनि महत्वपुर्ण भएको बताएका छन् । महिलाहरुको पिडा, बेदना र व्यथाको चित्रण मात्र हैन, समाजमा भएका विकृती र बिसंगतीलाई गितको माध्यमबाट व्यक्त गर्ने र एक आपसमा शुभकामना आदान प्रदान गर्ने महत्वपुर्ण अवसरको रुपमा तीज पर्वलाई लिने गरिएको सांसद श्रेष्ठको भनाई छ ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणको जोखिम कम गर्न सरकारले विभिन्न जिल्लामा लकडाउन र निषेधाज्ञा लगाएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न यो अत्यावश्यक पनि छ र यसले गर्दा तीज पर्वको रौनकतामा केही कमी आएको महशुस गरिएपनि हामी सबैको जिवन सुरक्षाकोलागि यो आवश्यक भएको सबैले स्विकार पनि गर्नु भएको सांसद श्रेष्ठले उल्लेख गरेका छन् ।

यस्तो जोखिमपुर्ण अवस्थामा दिदी बहिनीहरुले अनावश्यक भिडभाड र तडक भडक गरेर भन्दा पनि आ आफ्नै घरमा सुरक्षित साथ बसेर परिवारका सदस्य विच र सामाजिक सन्जाल मार्फत शुभकामना आदान प्रदान गरेर तीज पर्व मनाउनु हुनेछ भन्ने अपेक्षा गरेको सांसद श्रेष्ठले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी