भानु नपामा २२ जना थप संक्रमित थपिए

Devghat Online

शेयर गरौ

१४ भदौ, दमौली
तनहूँको भानु गरपालिकामा कोरोना भाईरसबाट २२ जना थप सक्रमित भएका छन् । गत भदौ १० गते स्वाव संकलन गरि परिक्षणकोलागि कोभिड–१९ परिक्षण प्रयोशाला पोखरामा पठाईएका मध्येबाट आईतबार विहान प्राप्त रिर्पाेटमा २२ जना संक्रमित थपिएको भानु नपाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

संक्रमित मध्ये सबैभन्दा धेरै वडा नम्बर ६ मा १२ जना रहेका छन् । त्यसैगरि वडा नम्बर ७ मा ५ जना, वडा नम्बर १ र १२ मा २÷२ जना र वडा नम्बर १३ मा एक जना रहेको भट्टराईले बताए । संक्रमित मध्ये वडा नम्बर १, ६ र १२ मा एक÷एक जना महिला रहेका छन् ।

यस अघि भानु नगरपालिकाका २५ जना संक्रमितहरु आईसोलेशनमा रहेका छन् । पछिल्लो समय तनहूँको सबैभन्दा धेरै संक्रमित हुने स्थानीय तहमा भानु रहेको छ । संक्रमितहरुलाई साँझसम्म आईसोलेशन वा होमआईसोलेशनमा राखिने भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय