मुग्लिङ पुलजिपमा प्रहरी चौकी स्थापना

Devghat Online

शेयर गरौ

भदौ १४, आवुँखैरेनी
गन्डकी प्रदेशको मुख्य प्रवेशद्वार तनहूँको आवुँखैरेनी गाउँपालिका–४ मुग्लिङ पुलजिपमा प्रहरी चौकी स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुलजिपमा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो ।

कोरोना भाइरको संक्रमणको जोखिम कम गर्न चैत पहिलो साता देखी पुलजिपमा टेन्ट टाँगेर प्रहरी राखिएको थियो । उक्त स्थानमा सँधै प्रहरी खटाउनु पर्ने आवश्यकता महशुस भएपछि प्रदेश सरकारले अस्थायी प्रहरी पोष्ट निर्माणकोलागि बजेट विनियोजन गरेको थियो ।
प्रदेश सरकारले प्रहरी पोष्ट निर्माणकोलागि गत र चालु आवमा गरि १८ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

२२ लाख ८९ हजार लागत भएको सो अस्थायी प्रहरी पोष्ट निर्माणकोलागि स्थानीय बासिन्दाले ४ लाख बराबरको श्रमदान समेत गरेका थिए । चौकी भित्र आवश्यक पर्ने, भान्साको सामाग्रीर अन्य फर्निचरहरु आवुँखैरेनीले गाउँपालिकाले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
शनिबार उक्त प्रहरी पोष्टको निरिक्षण गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री चुमानले प्रहरी सेवाको विस्तार र भौतिक पूर्वाधारयुक्त प्रहरी संरचना निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश अन्तर्गतको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आम नागरिकको सहज पहुँच हुने गरि प्रहरी सेवाको विस्तार गरिने उनको भनाई छ । गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा स्थापना गरिएको उक्त प्रहरी कार्यालयले प्रदेशकै शान्ति सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने मन्त्री चुमानको भनाई छ ।

सो अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक घनश्याम अर्यालले उक्त प्रहरी पोष्टको स्थापनाले शान्ति सुरक्षा तथा अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानमा थप प्रभावकारिता प्रदान गर्ने बताए । उनले आम नागरिकका समस्या समाधानका लागि प्रहरीको मनोबल उच्च हुने विश्वास व्यक्त गर्दै प्रदेश अन्तर्गत नेपाल प्रहरीको सेवा विस्तारमा गण्डकी प्रदेश सरकारको तत्परता प्रति आभार व्यक्त गरे ।

सो कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रमुख शसस्त्र प्रहरी नायब महानिरीक्षक राजेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल लगायतले पनि अस्थायी प्रहरी पोष्टको स्थापनाले प्रदेशको समग्र शान्ती सुरक्षामा धेरै सुधार हुने बताए ।

सो अस्थायी प्रहरी पोष्टमा प्रहरी नायव निरिक्षकको नेतृत्वमा १२ जना प्रहरी खटाईने इप्रका आवुँखैरेनीका इन्चार्ज थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय