कुखुराको मुल्य पाउन नसक्दा चितवनका कुखुरापालक किसान मारमा

Devghat Online

शेयर गरौ

-सागर भण्डारी

देवघाट अनलाईन

फाईल तस्बिर

भदौ १६, चितवन

चितवन पोल्ट्रिको राजधानीको रुपमा चिनिन्छ ।अहिले जिल्लामा कुखुराको उपयुक्त मुल्य तोक्न नसक्दा किसानहरु भने मारमा परेका छन् । व्यवसायिक रुपमा बाेईलर कुखुरा पालन गर्ने किसानहरु ऋणमा डुबी व्यवसायबाटै पलायन हुने स्थितिमा पुगेका छन् ।

किसानहरु महंगोमा दाना किनेर सस्तोमा कुखुरा बेच्न बाध्य भएका छन् । हाल चितवनमा व्यवसायी तथा सप्लायर्सहरुले बोईलर कुखरा किसानबाट प्रतिकेजी सय रुपैयाँ देखि एक सय १० रुपैयाँसम्म उठाई रहेका छन् । जिल्लामा बाेईलर कुखुराको मासुको प्रतिकेजी मुल्य ग्रामिण क्षेत्रमा एक सय ७० देखि दुई सयसम्म र भरतपुर एवं नारायणगढ क्षेत्रमा दुई सय ५० रुपैयाँ देखि तीन सय रुपैयाँ  सम्म रहेको छ ।

स्मरण रहोस् दुई हप्ता अगाडी सम्म किसानले खोरबाटै प्रतिकेजी तीन सय रुपैयाँ सम्म कुखुरा बेचेका थिए भने तयारी मासु चार सय ६० रुपैयाँ सम्म पुगेको थियो । दुई हप्ताको फरकमा हाल जिउँदो कुखुराको मुल्य एक सय रुपैयाँमा झरेको छ । एकातिर बजार मुल्य नहुने र अर्को तिर बिचौलियाको मारमा किसान परेका छन् ।

चितवन एवं विभिन्न स्थानहरुमा बन्दाबन्दीपछि तयारी अवस्थामा रहेका कुखुरा बिक्रि हुन नसक्दा पोल्ट्री उद्योगमा ठूलो नोक्सानी भएको अवस्था प्रष्टै देख्न सकिन्छ । कुखुरापालक किसानहरु अत्यन्तै मारमा परिरहने र विचौलियाहरुको बोलवाला चलिरहने हो भने कुखुरा पाल्न किसानहरु विस्थापित हुने सम्भावना बढ्दै गएको छ । पोल्ट्रिको क्षेत्रमा लाग्ने संघसंस्‍थाहरुको समयमै ध्यान पुग्नु र समाधान खोज्नु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू