मलको अभावले धानमा विभिन्न रोग

Devghat Online

शेयर गरौ

भदौ १६, दमौली
समयमा नै मल हाल्न नपाउौँदा तनहूँमा लगाईएको धानमा विभिन्न रोगहरु देखा परेको छ । धानमा खाद्य तत्वको कमीले अहिले राते, पहेले, पानी डडुवा, व्याक्टेरियल जस्ता रोगहरु देखा परेको कृषि ज्ञान केन्द्र तनहूँका प्रमुख कुलप्रसाद तिवारीले बताए । समयमा आवश्यम युरिया, डिपिए र फसफोस जस्ता मल हाल्न नपाउँदा यस्ता रोगहरु देखिएको तिवारीले बताए ।

यस वर्ष तनहुँमा १२ हजार तिन सय ५० हेक्टर खेतमा धानखेती गरिएको छ । गत वर्ष १२ हजार हेक्टरमा धान खेती गरिएको थियो । गत वर्ष मलको खासै अभाव नभएपनि यस वर्ष लकडाउन र अन्य असहज परिस्थितीको कारण जिल्लामा मलको अभाव भएको हो ।

धानमा समयमै मल हाल्न नपाउँदा पोषण तत्वको कमी हुने र त्यसले धानमा विभिन्न रोगहरु देखिने तिवारीले बताए । कति हेक्टर खेतको धानमा त्यस्तो समस्या भएको बारेमा अहिलेसम्म आधिकारिक तथ्यांक आएको छैन ।

धानमा देखिएको यो समस्याले उत्पादनमा ह्रास आउन सक्ने सभ्भावना देखिएको तिवारीको भनाई छ । युरिया मल नपाउँदा उत्पादन घट्ने चिन्ता थपिएको व्यास नपा ११ पोल्याङका कृषक राजेन्द्र पौडेलले बताए । मल लिन हिडेरै दिन दिनै बजार गएपनि रित्तो हात फर्कन परेको कृषक पौडेलको भनाई छ ।

जिल्लाका कृषकलाई मल वितरणको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेड तनहूँका प्रमुख बलबहादुर पन्थले कम्पनी मार्फत यस वर्ष मल आउने सम्भावना सकिएको बताए । केन्द्रबाट नै मल खरिदको टेन्डर प्रक्रिया रद्ध भएको कारण अव कृषि सामाग्रीमा मल आउने सम्भावना नभएको बताए । अहिले नयाँ टेन्डर प्रक्रिया सुरु गरेर मल ल्याउने हो भने धान काट्ने बेला भईसक्ने हुँदा कम्पनीले नै मल ल्याउने पक्रिया रोकेको उनको भनाई छ ।

तर साल्ट ट्रेडिङ कम्पनी लिमिटेड मार्फत मल आउने पक्रिया सुरु भएपनि त्यो पर्याप्त नहुने पन्थले बताए । आईतबार साल्ट ट्रेडिङको मल लिएर पोखरा जाँदै गरेको ट्रक तनहँुको म्याग्दे गाउँपालिका–१ गुणादीमा पल्टिएर दुर्घटना हुँदा दमौलीका केही सहकारीले उक्त दुर्घटना स्थलबाट मल ल्याएर विक्री गरेका छन् ।

मल पाउने आशामा कृषकहरु विहानै देखी उपभोक्ता सहकारीको पसलमा भिड लाग्न थालेका छन् । साल्ट ट्रेडिङले सहकारी संस्था मार्फत मल विक्री गर्दै आईरहेको छ । उक्त कम्पनीले तनहुँको लागि ३ सय ५० टन मल छुट्याएको तर सो मल पनि समयमा नआउँदा कृषकहरुले अभाव झेलेका छन् ।

तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले साल्ट ट्रेडिङको पोखरा स्थित डिपोमा फोन गरि तनहूँको लागि छुट्याईएको मल सबै पालिकाहरुमा पु¥याउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू