आवुँखैरेनीले आईसोलेशन तयार गर्ने

Devghat Online

शेयर गरौ

१७ भदौ, आवुँखैरेनी
आँवुखैरेनी गाउँपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन तयार गर्ने भएको छ । अव बिदेशबाट नागरिकहरु आउने क्रम सुरु भएको र समुदायमा कोरोना संक्रमण देखिन थालेपछि आफ्ना नागरिकलाई राख्न आइसोलेशन तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले बताए । अहिले पहिलो चरणमा १२ शैयाको तयार भईरहेको र पछि आवश्यक परेमा त्यसलाई थप गर्न सकिने पोख्रेलले बताए ।

जिल्लामा रहेका आइसोलेशन कक्ष भरिन थालेको र आफ्ना नागरिकलाई गाउँपालिका भित्र नै व्यवस्थापन गर्न सहज होस् भनेर आइसोलेशन तयार गरिएको पोख्रेलले बताए । अहिले निर्माणकै क्रममा रहेको उक्त आइशोलेसन दुई दिन भित्र तयार हुने उनले बताए ।
आइसोलेशनमा आधारभुत आवश्यकताका कुराहरु मनोरन्जन स्थल, सिसि क्यामेरा, इन्टरनेट सबै जडान गरिने छ । आइसोलेशनमा बस्नेलाई सबै पारिवारिक वातावरणमा राख्न सकिने गरि व्यवस्थापन गरिने पोख्रेलले बताए ।

आफ्नै आइसोलेशनमा राखेर पारिवारिक वातावरणमा उपचार र रेखदेख गरिने गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अगमराज उपाध्यायले बताए । उपाध्यायका अनुसार आवुँखैरेनीमा हालसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ९ जना निको भएर घर फर्किएका छन् भने बाँकी एक जना जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र वेलचौतराको आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू