मृगौला पीडित युवतीको उपचारको क्रममा मृत्यु

Devghat Online

शेयर गरौ

कोरोना पोजेटिभ पनि देखियो
१७ भदौ, दमौली
देवघाट गाउँपालिका २ खाल्टे घर भई हाल व्यास नपा–२ बस्ने २० बर्षीया युवतीको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । मृगौलामा समस्या देखिएपछि उनलाई उपचारको लागि अभिभावकले दुई साता अघि काठमाडौं लगेका थिए । चितवन मेडिकल कलेजमा १२ दिनको उपचार पश्चात अभिभावकले उनलाई थप उपचारकोलागि काठमाडौं लगेका थिए ।

उपचारका लागि काठमाडौस्थित अल्का अस्पताल लगिएकी उनलाई उक्त अस्पतालले अवस्था कमजोर भएको भन्दै त्रिवि शिक्षण अस्पताल पठाएको थियो । उनको सोही अस्पतालमा निधन भएको हो । त्रिवि शिक्षण अस्पतालमा लैजानु अघि उनको स्वाव परिक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको मृतकका वुवाले जानकारी दिए ।

तर चितवन मेडिकल कलेजबाट काठमाडौं लैजाने क्रममा गरिएको पिसिआर परिक्षणमा भने नेगेटिभ रिर्पाेट आएको युवतीका वुवा भिमराज श्रेष्ठले बताए । चितवनबाट सिधै काठमाडौंको अल्का अस्पतालमा लगेर दुई साता राखी त्यहाँबाट शिक्षण अस्पताल लैजाने क्रममा पिसिआर परिक्षण गर्दा एक्कासी रिर्पाेट पोजेटिभ देखिएको श्रेष्ठले बताए ।

भिमराजले छोरीलाई कोरोना पोजेटिभ भएको भन्नेमा नै शंका गर्छन् । ‘चितवन मेडिकल कलेजबाट नेगेटिभ रिर्पाेट लिएर सिधै अल्का अस्पताल लगेको हो, उनले भने त्यहाँ भन्दा अन्त कतै लगेको छैन, कोरोना लागेको भएपनि अस्पतालकै स्वास्थ्यकर्मीको कारण लागेको हुन सक्छ ।’ छोरीसँगै बस्ने आमाको पिसिआर परिक्षण गर्दा रिर्पाेट नेगेटिभ आएको श्रेष्ठले बताए ।

मृतक आदिकवि भानुभक्त क्याम्पसमा स्नातक तह विएड तेस्रो वर्ष विज्ञान शिक्षा समूहमा अध्ययनरत ती युवती अध्ययनरत थिईन् ।

सांसद श्रेष्ठद्वारा समवेदना
यसैविच मृतक श्रेष्ठ प्रति प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले श्रद्धान्जली दिएका छन् । सांसद श्रेष्ठले बुधबार सामाजिक सन्जालमा शोक व्यक्तव्य प्रकाशित गर्दै मृगौला पीडित युवतीको उपचारको क्रममा अल्पायुमै निधन भएकोमा श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू