देवघाटमा कोरोना संक्रमित थपिए पछि वडा कार्यालयको सेवा बन्द

Devghat Online

शेयर गरौ

२० भदौ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ मा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । थप संक्रमित देखिएपछि वडा नम्बर ५ ले सर्वसाधारणमा थप जोखिम बढ्न सक्ने भएकोले वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधाहरु भदौ २४ गतेसम्म बन्द रहने भएको छ ।

वडा कार्यालयले शुक्रबार सुचना प्रकाशित गरि कोरोना संक्रमण देवघाट गाउँपालिका वडा नम्बर ५ को समुदाय स्तरमा देखिएको र सर्वसाधारणमा थप जोखिम बढ्न सक्ने विद्यमान परिस्थितिमा साथै जिल्लाका अन्य स्थानमा समेत संक्रमितहरु पहिचान भएको विषयलाई दृष्टिगत गर्दै यस अवस्थामा आ आफ्नो घरबाट अत्यावश्यक बाहेक अन्य अवस्थामा घरभित्रै बसी आफू, परिवार तथा आम समुदायलाई नै सुरक्षित गराउन आग्रह समेत गरिएको छ ।

अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने यदि निस्कन परिहालेमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने यदि मास्कको प्रयोग नगरेमा ५० रुपैयाँदेखि १०० रुपैयाँसम्म जरिवाना गरिने, दैनिक जीवनमा अत्यावश्यक पर्ने खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ३ बजेदेखि ६ बजेसम्म मात्र खोल्न पाउने, आन्तरिक रुपमा गर्नुपर्ने निर्माण सम्बन्धी कार्यहरु वडा कार्यालय र इलाका प्रहरी कार्यालय सँग समन्वय गरी सञ्चालन गर्ने र निर्माण सम्बन्धी कार्य गर्दा मास्क, सेनिटाइजर, साबुन पानी प्रयोग गरी सामाजिक दूरी कायम गरी गर्ने, देवघाट गाउँपालिका बाहिर अत्यावश्यक पर्ने खाद्यान्नका सामग्रीहरु लिन जान परेमा बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्र जान पाइने, ज्वरो सुख्खा खोकी देखिएमा नजिकको स्वास्थ्य संस्थामा वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न समेत देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङ्गले हस्ताक्षर गरेको सूचनामा आग्रह गरीएको छ । साथै गाउँपालिकाले कोरोना विरुद्धको अभियानमा सम्पूर्ण एकजुट हुन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू