देवघाटमा जिप दुर्घटना हुँदा दुई जना घाईते, एकको अवस्था गम्भिर

Devghat Online

शेयर गरौ

२४ भदौ, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर २ को नरम गाउँमा बुधबार दिउँसो ना ५ च १४९ नम्बरको जिप दुर्घटना दुई जना घाईते भएका छन् । दमौलीबाट भिमाद हुँदै नरम गाउँमा कुखुरा बेच्न गएको जिप बुधबार दिउँसो २ बजे सडकबाट पल्टिएर दुर्घटना भएको थियो ।

सो दुर्घटनामा जिप चालक चितवन जिल्ला भरतपुर महानगर पालिका वडा नम्बर २८ का २२ वर्र्षीय राजु कुमाल र सह चालक सोही ठाउँका ३२ वर्र्षीय अमित कुमाल रहेका छन् । घाईते मध्ये चालकको अवस्था गम्भिर छ । उनलाई छिपछिपे स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारकोलागि दमौली पठाईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलुवालले बताए । सह चालक भने सामान्य उपचार पश्चात डिस्चार्ज भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा