नेकपा नगर सदस्य खनालको निधन

Devghat Online

शेयर गरौ

३० भदौ, दमौली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमाद नगर कमिटिका कार्यालय सदस्य भिमाद नपा–६ निवासी ध्रुव खनालको निधन भएको छ । लामो समयदेखी जन्डिसबाट पीडित खनालको उपचारको क्रममा मंगलबार विहान राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएको थियो ।

दिवंगत खनालको शवलाई मंगलबार नै गृहनगर भिमाद ल्याईएको थियो । भिमाद स्थित सेतीनदीको घाटमा खनालको अन्तिम संस्कार गरियो । खनालको अन्तिम श्रद्धान्जलीकोलागि नेकपाका नेता तथा कार्यकर्ताहरु, व्यवसायी, जनप्रतिनिधि र सर्वसाधरणहरुको उपस्थती रहेको थियो । खनाल भिमाद क्षेत्रमा निकै लोकप्रिय मानिन्थे ।

खनालको पार्थिव शरिरमा नेकपाका स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धान्जली दिएका थिए । सो श्रद्धान्जली कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, संविधान सभा सदस्य टुकराज सिग्देल, नेकपा प्रदेश कमिटिका सदस्यहरु चित्र थापा, नारयण खनाल, दुर्गा पराजुली, नेकपा जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, नेकपाका नेताहरु विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, हरिराज कडेल लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

खनालकी पत्नि शारदा खनाल भिमाद नगरपालिकाकी उपमेयर हुनुहुन्छ, भने छोरा उज्वल खनाल तत्कालिन युवा संघ नेपालका जिल्ला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

प्रकाश पन्थद्वारा कांग्रेस केन्द्रीय सदस्य अपाङ्गता क्लस्टरमा उम्मेदवारी

तनहुँ । असोज २० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश पन्थले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा