नेकपा नगर सदस्य खनालको निधन

Devghat Online

शेयर गरौ

३० भदौ, दमौली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भिमाद नगर कमिटिका कार्यालय सदस्य भिमाद नपा–६ निवासी ध्रुव खनालको निधन भएको छ । लामो समयदेखी जन्डिसबाट पीडित खनालको उपचारको क्रममा मंगलबार विहान राजधानीको ग्रान्डी अस्पतालमा मृत्यु भएको थियो ।

दिवंगत खनालको शवलाई मंगलबार नै गृहनगर भिमाद ल्याईएको थियो । भिमाद स्थित सेतीनदीको घाटमा खनालको अन्तिम संस्कार गरियो । खनालको अन्तिम श्रद्धान्जलीकोलागि नेकपाका नेता तथा कार्यकर्ताहरु, व्यवसायी, जनप्रतिनिधि र सर्वसाधरणहरुको उपस्थती रहेको थियो । खनाल भिमाद क्षेत्रमा निकै लोकप्रिय मानिन्थे ।

खनालको पार्थिव शरिरमा नेकपाका स्थायी समिति सदस्य एवं गन्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धान्जली दिएका थिए । सो श्रद्धान्जली कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, संविधान सभा सदस्य टुकराज सिग्देल, नेकपा प्रदेश कमिटिका सदस्यहरु चित्र थापा, नारयण खनाल, दुर्गा पराजुली, नेकपा जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने, भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापा, बन्दिपुर गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापा, नेकपाका नेताहरु विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, हरिराज कडेल लगायत अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

खनालकी पत्नि शारदा खनाल भिमाद नगरपालिकाकी उपमेयर हुनुहुन्छ, भने छोरा उज्वल खनाल तत्कालिन युवा संघ नेपालका जिल्ला सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा