चट्याङ लागि घाईते भएका तामाङलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

३० भदौ, देवघाट
चट्याङ लागेर गम्भिर घाईते भएका देवघाट गाउँपालिका–५ का २१ वर्षिय किसान तामाङलाई आर्थिक सहयोग गरिएको छ । देवघाटका युवाहरु शुकु गुरुङ र आशिक रानाको पहलमा देवघाटमा आर्थिक संकलन गरि मंगलबार तामाङको वुवा जयबहादुर तामाङलाई १० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सो अवसरमा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेकपा देवघाटका अध्यक्ष भुवनसिंह गुरुङले तामाङलाई रकम हस्तान्तरण गरेका थिए ।

गत भदौ २३ गते राति ११ बजे चट्याङ परेर तामाङ गम्भिर घाईते भएका थिए । चट्याङ परेर बेहोस भएका तामाङको अनुहार र शरिर भरी चोटैचोट छ । चार दिनसम्म भरतपुरको चितवन मेडिकल कलेज (सिएमसी) मा राखेर उपचार गरे पनि आर्थिक अभावकै कारण थप उपचार गर्न नसकेपछि उनलाई परिवारले अस्पतालबाट डिस्चार्ज गरेर घर ल्याएर राखेका छन् ।

उपचार गर्ने पैसा सकिएको र यो बेला सापटी पनि कसैले नदिने हुदाँ थप उपचार गर्न आर्थिक अभाव भएकैले अस्पतालबाट डिस्चार्ज गरेर ल्याएको आमा सुनिता तामाङले बताईन् । गम्भिर घाईते उनको थप उपचार हुन नसक्दा घरकै पिढिको खाटमा पिडा लिएर सुत्न बाध्य भएका छन् ।

उपचारमा आर्थिक अभाव भएको कारण सहयोग गर्न आमा सुनिता तामाङले बताईन् । पिडित तामाङलाई सहयोग गर्न चाहनेहरुले उनको आमा सुनिता तामाङलाई ९८२५२६७९५२ नम्बरमा सम्पर्क गरी सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा