संविधान दिवसको दिन ब्याडमिन्टन कोर्टको उद्घाटन

Devghat Online

शेयर गरौ

३ असोज, देवघाट
देवघाट ब्याडमिन्टन संघको आयोजनामा संविधान दिवसको अवसरमा शुभकामना तथा ब्याडमिन्टन कोर्टको उद्घाटन एवं देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटालाई स्वागत कार्यक्रम शनिबार देवघाटमा सम्पन्न भयो ।

सो कार्यक्रमका देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले देवघाट युवा तथा खेलकुद समिति र देवघाट ब्याडमिन्टन संघले कोरोना भाईरस तथा कोभिड १९ को जोखिमको विच पनि सामाजिक दुरि कायम गर्दै दुईवटा ब्याडमिन्टन कोर्टको निर्माणकार्य गर्न सफल भएकोमा धन्यवाद दिएका थिए । अध्यक्ष थापाले देवघाटको समृद्धी र बिकासको लागी आफुले कुनै पनि कसर नराखि निरन्तर लागि पर्ने बताए ।

कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले देवघाट ब्याडमिन्टन संघले संविधान दिवसको दिन पारी कार्यक्रमको आयोजना गरि आफुलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा देवघाट गाउँपालिकाको खेलकुद बिकासको लागि सहकार्य गरि अगाडी बढ्ने बताए ।

सो दुईवटा ब्याडमिन्टन कोर्ट सम्पन्न गर्नको लागि करिब दुई लाख पन्ध्र हजार खर्च भएको देवघाट ब्याडमिन्टन संघ अध्यक्ष अनिल मिश्रले जानकारी दिए । कार्यक्रममा देवघाट ब्याडमिन्टन संघका संरक्षक तथा खेलप्रेमी चन्द्रप्रकाश दवाडी र देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङले पनि शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष शिवराज पौडेल, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, नेकपा देवघाट गाउँपालिकाका अध्यक्ष भुवनसिंह गुरुङ, देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज उज्वलराज चिलुवाल, देवघाट साझेदारी प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भारती, देवघाट सिकाई केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदी, देवघाट गाउँपालिकाका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ लगायतले पनि शुभकामना दिएका थिए । कार्यक्रमको सन्चालन ब्याडमिन्टन संघका सचिव आशिक रानाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी