गलेश्वर आश्रमको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

२० असोज, देवघाट
देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रमको २३ औं वार्षिक साधारणसभा मंगलबार आश्रम परिसरमा सम्पन्न भयो । आश्रमका अध्यक्ष एवं अनन्तश्री विभुषित महामन्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे लगायतले आश्रमले गरेको योगदान र आश्रमको महत्वको बारेमा मन्तव्य राखेका थिए ।
साधारणसभामा राजनीतिक दलका प्रतिनिधिहरु, आश्रमका सन्चालक तथा साधारण सदस्यहरु, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

साधारणसभाको अवसरमा आश्रमका विभिन्न कार्यक्रमहरुलाई दिगो विकास र व्यवस्थापनमा सहयोगको. अपेक्षा र आश्रमलाई प्रतक्ष्य वा अप्रतक्ष्य सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि