देवघाट गाउँपालिकाको निर्माणाधिन भवनको अनुगमन

Devghat Online

शेयर गरौ

निर्माणको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन
२८ असोज, देवघाट
तनहूँको देवघाट गाउँपालिकाको निर्माणाधिन मुख्य प्रशासनिक भवनको बुधबार गाउँपालिकाको टोलीले अनुमगन गरेको छ । वडा नम्बर ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता एवं भवन अनुगमन समितिका संयोजक यालबहादुर गुरुङको नेतृत्वमा सो अनुगमन गरिएको थियो ।
वडा नम्बर ५ को क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा केही दिन अघि गाउँपालिकाको मुख्य प्रशासनिक भवन निर्माण सुरु गरिएको थियो । कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सुरु भएको गाउँपालिकाका प्रवक्ता गुरुङले बताए ।

दुई वर्षमा सक्ने गरि गाउँपालिकाको प्रशासकीय नयाँ भवन निर्माण कार्य सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले बताए । आफ्नै भवन नहुँदा गाउँपालिका अहिले धर्मशालाको भवनमा भाडामा सञ्चानल हुँदै आएको छ ।

बहुवर्षीय योजनामा रहेको सो भवन निर्माणकोलालगि पहिलो वर्ष गाउँपालिकाले २ करोड र संघ र प्रदेश सरकारले पनि एक÷एक करोड विनियोजन गरेको प्रवक्ता गुरुङले बताए । तिन तले सो भवनको क्षेत्रफल ५ हजार २ सय बर्गफुट रहेको छ । भवन निर्माणको ठेक्का काठमाडौं स्थित रविना÷अविसा जेभीले पाएको छ । सो निर्माण कम्पनीले २०७९ असार १८ गते भित्र भवन निर्माण गरिसक्ने सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुङ्गानाले जानकारी दिए ।

अनुमगनको क्रममा निर्माणको गुणस्तरमा विशेष ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिईएको थियो । निर्माण सामाग्रीको गुणस्तरले नै भवनको गुणस्तर निर्धारण हुने हुँदा निर्माण सामाग्रीको प्रयोगमा विशेष ध्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सापकोटाले निर्देशन दिए । साथै निर्धारित समयमा नै निर्माण कार्य सम्पन्न गर्न पनि सो क्रममा ध्यानाकर्षण गरिएको थियो ।

भवनमा प्रयोग भएको इटा, बालुवार गिटीको प्रयोगशालामा लगेर परिक्षण गरेर मात्र भवनमा प्रयोग गर्न दिईएको इन्जिनियर ढुंगानाले बताए । अनुगमनमा सहभागी गाउँपालिकाका लेखा अधिकृत अननाथ ढकालले भवन निर्माणका रकमको कुनै अभाव नहुने भन्दै निर्माण कार्यमा ध्यान दिन निर्माण कम्पनीका प्रतिनिधिलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि