प्रदेश सांसद गुरुङलाई कोभिड संक्रमण

Devghat Online

शेयर गरौ

२९ असोज, दमौली
गन्डकी प्रदेश सभाका सदस्य रामबहादुर गुरुङलाई कोभिड संक्रमण भएको छ । सांसद गुरुङले विहिबार सामाजिक सन्जालमा आफुलाई कोभिड संक्रमण भएको जानकारी दिएका छन् ।

बुधबार गरिएको स्वाव परिक्षणको विहिबार आएको नतिजामा आफुलाई कोभिड संक्रमण भएको सांसद गुरुङले जानकारी दिएका छन् ।
आफुलाई अहिले हल्का ज्वरो आएको भन्दै उनले अहिले काठमाडौंको कान्तिपुर हस्पिटलको आइशोलेसनमा बसेर कोभिडको उपचार गरिरहेको सांसद गुरुङले बताए ।

सांसद गुरुङले पछिल्लो समय आफुसँग विभिन्न योजनाको अनुमगनमा र सँगै कार्यक्रममा सहभागी हुने सबैले सचेत बन्न र कुनै समस्या देखिएमा परिक्षण गरि ढुक्क हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

घिरिङको बजेट ५० करोड

तनहुँ । असार १० यसैगरि घिरिङ गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ५० करोड रहेको छ