शहिद पार्कलाई रकम उपलब्ध गराउन पहल गर्छुः सांसद श्रेष्ठ

Devghat Online

शेयर गरौ

७ मंसिर, दमौली
प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले व्यास नपा ८ पुलिमराङमा रहेको शहिल स्मारक पार्कलाई आवश्यक रकम उपलब्ध गराउन पहल गर्ने बताएका छन् । शहिद स्मारक पार्क व्यवस्थापन समितिका पदाधिकारीहरुसँगको भेटमा सांसद श्रेष्ठले अहिलेसम्म ओझेलमा परेको शहिद पार्कलाई व्यवस्थित गराई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पहल गर्ने बताए ।

२००७ साल तथा पन्चायती व्यवस्था विरुद्धको आन्दोलनमा बलिदानी प्राप्त गर्ने शहिदहरु कुनै एक राजनीतिक दलको मात्र नहुने तथा यहाँ शहिदको नाममा राजनीतिकरण भईरहेको सांसद श्रेष्ठले गुनासो गरे । शहिद दिवसको दिन बर्षेनी पुलिमराङमा कार्यक्रम हुने तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई अहिलेसम्म कसैले पनि निमन्त्रणा नगरेको सांसद श्रेष्ठको भनाई थियो ।

पुलिमराङ ऐतिहाँसिक स्थान भएपनि सहजरुपमा आवत जावत गर्न सडककै कारण समस्या भएकोले अव आफ्नो ध्यान सबैभन्दा पहिला सडकको स्तरोन्नती गर्ने तर्फ रहेको सांसद श्रेष्ठको भनाई छ । सडक कालोपत्रे भएर सहजरुपमा पर्यटकहरु आउन जान सक्ने भएपछि यो ठाउँको देश बिदेशमा निकै महत्व हुने र त्यसले पर्यटन प्रबद्र्धन पनि हुने सांसद श्रेष्ठको भनाई थियो ।

सो अवसरमा शहिद स्मारक र्पाक व्यवस्थापन समितिका पदाधिकारीहरुले सांसद श्रेष्ठलाई उक्त ठाउँको समस्याको बारेमा जानकारी गराएका थिए । बजेट अभावमा पार्कलाई व्यवस्थित बनाउन नसकिएको भन्दै उनीहरुले आवश्यक रकमको विनियोजन गर्न सांसद श्रेष्ठ समक्ष अनुरोध गरेका थिए । सो अवसरमा सांसद श्रेष्ठले शहिदहरु प्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी