७३ वर्षीया बृद्धालाई गाउँमै पुगी नागरिकता

Devghat Online

शेयर गरौ


१३ मंसिर, देवघाट
देवघाट गाउँपालिका–३ नाल्बुङकी एकल महिला माया गुरुङले ७३ बर्षमा पहिलो पटक नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन् । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहूँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार बृद्धाको घरमै पुगी गुरुङलाई नगारिकताको प्रमाणपत्र प्रदान गरेका थिए ।

परिवारका कोही पनि सदस्य नभएको कारण एक्लै बस्दै आउनु भएकी उहाँले अहिलेसम्म नागरिकता नपाएको बारेमा जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष थापाले बताए । नागरिकता पाईन्छ भन्ने बारेमा आफुलाई केही थाह नभएको बृद्धाले बताएको भएको प्रजिअ आचार्यले जानकारी दिए ।

नागरिकताको प्रमाणपत्र नहुँदा ७३ वर्ष भईसक्दा समेत बृद्धाले अहिलेसम्म सरकारले प्रदान गर्ने जेष्ठ नागरिकको भत्ता समेत प्राप्त गरेकी थिईनन् । अव उनले पाउने जेष्ठ नागरिक भत्ताको लागि प्रक्रिया सुरु गर्न अध्यक्ष थापाले वडा सचिवलाई निर्देशन समेत दिएका छन् ।
नागरिकताको प्रमाणपत्रसँगै अध्यक्ष थापा र प्रजिअ आचार्यले उनलाई करिब चार÷पाँच महिनाकोलागि पुग्ने खाद्यान्न सामाग्री सहित आवश्यक भाँडा र न्यानो कपडाहरु समेत उपलब्ध गराएका थिए । ति सामाग्रीहरु भने वाटर एड नामक संस्थाले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिए ।

२०७२ सालको भुकम्पले घर क्षती भएपनि उनी गाउँलेहरुले बनाई दिएको टिन र स्याउलाले बारेको छाप्रोमा बस्दै आएकी थिईन् । नागरिकताको प्रमाणपत्र प्राप्त पछि बृद्धालाई भुकम्प पीडितकोलागि बनाईने नीजि आवास निर्माणकोलागि शनिबार नै सम्झौता समेत गराईदिएको जतिसक्दो चाँडो घर निर्माण सम्पन्न गर्ने ठेकेदारको समेत व्यवस्थापन समेत गरिएको प्रजिअ आचार्यले बताए ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटा, मनकामना सशस्त्र प्रहरी गण भानुका गणपती सन्जय भट्टराई वडा नम्बर ३ का अध्यक्ष किर्तीमान आले, सांसद कृष्णकुमार श्रेष्ठका स्वकीय सचिव जगत खड्का लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक