देवघाटमा पर्यटन पुर्वाधार व्यवसायीक भवन र बृद्धाश्रम भोजन गृह बन्ने, सांसद श्रेष्ठद्वारा शिलान्यास

Devghat Online

शेयर गरौ

१५ मंसिर, देवघाट
देवघाट क्षेत्र विकास समितिले पर्यटन पुर्वाधार व्यवासयीक भवन तथा बृद्धाश्रम भोजनगृह निर्माण गर्ने भएको छ । समितिको कार्यालय रहेको परिसरमा निर्माण गरिने उक्त दुबै भवनको सोमबार प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले शिलान्यास गरे ।

संघीय सरकारको संस्कृती पर्यटन तथा नागरिक उड्उयन मन्त्रालयको अनुमानित चार करोड ५० लाख रुपैयाँको बजेटमा बन्ने उक्त बहुवर्षीय व्यवसायीक भवनको निर्माण पश्चात देवघाट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुचनाको केन्द्रको रुपमा विकास हुने र त्यसले क्षेत्र विकास समितिको आन्तरिक आम्दानीमा बृद्धी हुने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले देवघाट देशकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएको हुँदा यस क्षेत्रमा पुर्वाधारहरु थपिनु पर्ने बताए । आफुले देवघाटको विकासकोलागि सँधै पहल गरिरहेको भन्दै तिन वर्ष अघिको देवघाट र अहिलेको देवघाटलाई तुलना गरेर हेर्न अनुरोध गरे । एक मिटरपनि बाटो पिच नभएको देवघाटमा अहिले पिचको काम धेरै नै अगाडी बढेको भन्दै सांसद श्रेष्ठले बाटो कालोपत्रेसँगै अव यहाँको भुमी सम्बन्धि समस्याको सबैभन्दा पहिला समाधान गरिनु पर्ने बताए ।

क्षेत्र विकास समितिका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, नेकपा गाउँ कमिटिका सचिव केशवचन्द्र न्यौपाने, क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणवावु घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

बृद्धाश्रम भोजन गृह भने ६० लाखको लगानीमा निर्माण हुने छ । क्षेत्र विकास समितिको आन्तरिक श्रोत, नेपाल सरकार तथा नीजि क्षेत्रको समेत सहयोगमा बन्ने भोजन गृह ५० निर्माणकोलागि हालसम्म संघीय सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट १० लाख रुपैयाँ प्राप्त भईसकेको छ भने नीजि क्षेत्रबाट १० लाखको प्रतिबद्धता व्यक्त भएको समितिका कार्यकारी निर्देशक घिमिरेले जानकारी दिए । उक्त भवन एक वर्ष भित्र पुरा गरिने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक