बगन्दीका जनताको माग पुरा, मोटर बाटो लैजान २० लाख विनियोजन

Devghat Online

शेयर गरौ

१५ मंसिर, देवघाट
अहिलेसम्म मोटरबाटो नपुगेको देवघाट गाउँपालिका वडा नम्बर ५ को बगन्दीका जनताको माग सम्बोधन भएको छ । प्रतिनिधि सभा तनहूँ क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले बगन्दी जाने मोटरबाटो खन्न २० लाख रुपैयाँ विनियोजन गरेका छन् ।

स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद श्रेष्ठ बगन्दी जाने मोटरबाटो खन्न चालु आर्थिक वर्षको लागि २० लाख रुपैयाँ विनियोजन गरेका हुन् । बगन्दीका जनताले केही दिन अघि सांसद श्रेष्ठलाई भेटी अहिलेसम्म मोटरबाटो समेत नपुगको हुँदा आफुहरुले निकै दुःख पाएकोले यस वर्ष बाटो खन्न बजेट उपलब्ध गराउन अनुरोध गरेका थिए ।

देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले बगन्दीका जनताको माग सम्बोधन गर्नुभएकोमा सांसद श्रेष्ठप्रति आभार व्यक्त गरेका छन् । गाउँपालिकाकै बजेटमा बाटो खन्न रकम अपुग भएको कारण बगन्दीसम्म अहिलेसम्म मोटरबाटो पु¥याउन नसकेको तर सांसद श्रेष्ठले जनताको माग सुन्नासथा पहिलो पटकमै सम्बोधन गर्नु भएको वडा अध्यक्ष गुरुङले बताए ।

सांसद श्रेष्ठले अहिलेसम्म बगन्दीमा मोटरबाटो समेत नपुगको आफुले जानकारी पाउँदा निकै दुख लागेको भन्दै यस पटकको योजनामा प्राथमिकतामा राखेर सडक खन्न बजेट विनियोजन गरेको बताए । सडक विकासको पहिलो पुर्वाधार भएको हुँदा आफ्नो मुख्य उद्देश्य पनि सडक र खानेपानीमा रहेको सांसद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि