देवघाटमा वडा स्तरबाट योजना सम्झौता

Devghat Online

शेयर गरौ

मंसिर २१, देवघाट
देवघाट गाउँपालिकाले वडा स्तरबाट योजनाहरुको सम्झौता सुरु गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको बारेमा वडा स्तरमा गई उपभोक्ता समितिलाई अभिमुखीकरण सहित सम्झौता सुरु गरिएको गाउँपालिकाका प्रमुख प्राशसकीय अधिकृत नरहरी सापकोटाले बताए ।

सबैभनदा पहिला वडा नम्बर १ मा सन्चालन हुने योजना तथा कार्यक्रमका उपभोक्ता समितिसँग सम्झौता गरिएको छ । सो अवसरमा उपभोक्ता समितिका पदाधिकारीलाई योजनाको बारेमा जानकारी दिने तथा उनीहरुको सुझाव समेत संकलन गरिएको थियो ।

देवघाट वडा नम्बर १ मा चालु आर्थिक वर्ष ०७७÷०७८ मा १२ वटा बिकास योजनाहरु छनौट गरिएको छ । ति सबै योजनाको सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर तिर्थराज ढुंगानाले जानकारी गराए । अन्य वडाहरुमा पनि क्रमशः अभिमुखीकरण र सम्झौता गरिने इन्जिनियर ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक