बन्दिपुरमा उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखीकरण

Devghat Online

शेयर गरौ

२१ मंसिर, बन्दिपुर
बन्दिपुर गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ का उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सोमबार आयोजना गरियो । सो कार्यक्रममा वडा नम्बर ४ भित्र सम्पन्न गरिने योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयन सम्बन्धि अभिमुखीकरण गरि चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्ने योजनाहरुको सम्झौता समेत गरिएको थियो ।

सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले योजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । बन्दिपुर मुलुककै प्रमुख पर्यटकीय गन्तव्य भएको हुँदा गाउँपालिकाले सम्पन्न गर्ने योजनाहरु पनि पर्यटक मैत्री हुनु पर्ने बताए ।

गाउँपालिकाबाट सञ्चालित हुने योजनाहरुलाई प्रभावकारी बनाउने सम्बन्धि सुझाव दिन र उपभोक्तालाई सहजता दिने उद्देश्यले वडा स्तरमै अभिभुखीकरण गरि सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । गाउँपालिकाले अन्य वडामा पनि अभिमुखीकरण गर्ने छ ।

वडा नम्बर ४ का उपभोक्ता समितिका पदाधिकारीहरुलाई समयमै योजनाको सम्झौता गरी समयमै गुणस्तरीय काम सम्पन्न गर्न अनुरोध गरिएको थियो । सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी लागयतले मन्तव्य राखेका थिए । चालु आर्थिक वर्षमा वडा नम्बर ४ मा २७ वटा योजनाहरु छनौट गरिएको छ । त्यस मध्ये अधिकांशको सोमबार सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

व्यास नगरपालिकाका शिक्षा अधिकृतलाई पत्रः संस्थागत विद्यालयहरुको कानुनी बैधता र नियमन गर्नुस्

तनहुँ । बैशाख १३ व्यास नगरपालिकाका एक सचेत नागरिकले व्यास नगरपालिका भित्रका संस्थागत तथा निजि