२१ मंसिर, दमौली
लैङ्गिक हिंसाको अन्त्य गर्न समाजका सबै पक्षको सहयोग आवश्यक भएको सोमबार दमौलीमा आयोजित एक बहस कार्यक्रममा जोड दिईएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा व्यास नगरपालिकाको सहयोगमा महिला सशक्तीकरण सञ्चार समाज तनहूँको आयोजनामा आयोजित जिल्ला स्तरीय बहस कार्यक्रममा बोल्दै वक्ताहरुले हिंसा अन्त्यकोलागि समाजका सबै पक्षहरुको सहयोग र ऐक्यबद्धता जरुरी रहेको बताएका हुन् ।
कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाद्वारा लैङ्गिकताको आधारमा तथा लक्षित वर्गकालागि सन्चालित कार्यक्रम, जिल्ला समन्वय समितिकी उपप्रमुख पवित्रा पौडेलले हिंसा पीडितहरुकोलागि जिल्ला समन्वय समितिले गर्न सक्ने कार्यहरु, व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले न्यायीक समितिले गर्ने कार्यहरु, प्रमुख जिल्ला अधिकारी सागर आचार्यले हिंसा पीडितहरुकोलागि स्थानीय प्रशासनले गर्ने सहयोगहरु तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अरुण पौडेलले हिंसा पीडितहरुको उजुरी दर्ता र कानुनी प्रक्रियाहरुको बारेमा धारणा राखेका थिए ।
त्यसैगरि कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले नगरपालिकाद्वारा हिंसा पीडितहरुको पक्षमा सन्चालित कार्यक्रम र कार्यान्वयनको अवस्था, नगरपालिकाका शिक्षा शाखाका प्रमुख नगेन्द्रराज रेग्मीले लैङ्गिक आधारमा भएको शैक्षिक व्यवस्था, अधिवक्ता सरीता भण्डारीले हिंसा पीडितहरुको लागि संविधानमा भएको व्यवस्था, मादीगंगा बहुउद्देश्यिय सहकारी संस्थाकी अध्यक्ष शान्ता खनालले हिंसाका घटनाहरुमा पुनस्थापनाको अवस्था र अल्पकालिन आश्रयस्थलको अवस्था तथा व्यास नपाकी कार्यपालिका सदस्य चन्द्रमाया परियारले महिला भित्र पनि दलित महिलाको अवस्था तथा चुनौतीहरु सम्बन्धमा धारणा राखेका थिए ।
कार्यक्रममा वक्ताहरुले यस कार्यक्रम नेपालमै महिला नमुना योग्य कार्यक्रम भएको बताए । सान्दर्भिक र समसामयिक कार्यक्रममा सबाल र जवाफका माध्यम बाट हिंसा न्युनीकरण को नीतिगत र ब्वहारिक पाटोको चिरफार गर्ने प्रयास गरिएको थियो । सो कार्यक्रमको सन्चालन महिला सशक्तीकरण सञ्चार समाज तनहूँकी सचिव अन्जु दाहालले र सहजिकरण संस्थाकी अध्यक्ष प्रकृति खनाल न्यौपानेले गरेकी थिईन् ।

रेडियो ढोरवाराहीको अध्यक्षमा पुनः पण्डित
तनहुँ । बैशाख १४ तनहुँको दुलेगौडाबाट प्रशारित हुने रेडियो ढोरबाराहीको अध्यक्षमा पुनःकृष्णराज पण्डित चयन भएका












