निम्न आय भएका भुजेल समुदायलाई खाद्यान्न र लत्ताकपडा वितरण

Devghat Online

शेयर गरौ

१९ पुस, देवघाट
गन्डकी प्रदेश प्रहरी श्रीमती संघले देवघाट गाउँपालिका वडा नम्बर १ को बसेनीटार स्थित निम्न आय भएका एक सय १० घर भुजेल समुदायलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा संघकी अध्यक्ष सरस्वती अर्याल, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, जिल्ला प्रहरी कार्यालय तनहँुका एसपी अरुण पौडेल लगायतले भुजेल समुदायलाई ति सामाग्रीहरु उपलब्ध गराएका थिए ।


सो अवसरमा संघले एक सय १० घरधुरी भुजेल समुदायलाई चामल, दाल चिउरा र कम्बल तथा न्यानो कपडा वितरण गरेको थियो । सो अवसरमा बोल्दै संघकी अध्यक्ष अर्यालले निम्न आय भएका नागरिकलाई सहयोग गर्ने संघको उद्देश्य र कार्यक्रम अन्तर्गत यो सहयोग उपलब्ध गराएको बताईन् ।
देवघाट गाउँपालिकाका अध्यक्ष थापाले देवघाट गाउँपालिकाका नागरिकलाई सहयोग उपलब्ध गराएकोमा संघ प्रति आभार व्यक्त गर्दै अन्य क्षेत्रमा पनि थप सहयोगको अपेक्षा गरे ।
जिल्ला प्रहरी कार्यालय तनहूँका एसपी पौडेलले कुनै नागरिकहरु अन्यायमा परेको महसुस भएका प्रहरी कार्यालयमा आउन अनुरोध गरे । सो कार्यक्रममा संघकी सचिव रविना अर्याल, देवघाट गाउँपालिका वडा नम्बर १ का अध्यक्ष भिम गुरुङ, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए ।


सो कार्यक्रममा प्रहरी परिवार श्रीमती संघका पदाधिकारीलाई बसेनीटारका भुजेल समुदायले बुनेको परम्परागत नाङलो र ढकीया मायाको चिनो स्वरुप वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी