जखडीमाई मन्दिरमा फागुपुर्णिमा मेलालाई व्यवस्थित गर्न समिति गठन

Devghat Online

शेयर गरौ

७ चैत, चितवन
भरतपुर महानगरपालिका–११ जखडीमाई टोलमा रहेको ऐतिहाँसिक जखडीमाई मन्दिरमा फागुुपुर्णिमाको अवसरमा लाग्ने विशेष पुजा तथा मेलालाई व्यवस्थित गर्न पुजा व्यवस्थापन समिति गठन गरिएको छ । शनिबार मन्दिर परिसरमा भएको भेलाले जखडीमाई टोल विकास संस्थाकी सहसचिव कमला गौतमको संयोजकत्वमा पुजा व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा टोल विकास संस्थाकी अध्यक्ष कमला अर्याल, सचिव मनोज अर्याल, आमा समुहकी अध्यक्ष रश्मी पोख्रेल, कमल खडका, बद्री वाग्ले, रचना ढकाल, मनिष अमगाई, विपिन रानामगर, सृष्टी गर्ताैला, सुष्मिता श्रेष्ठ, वमबहादुर आले मगर, धनकुमारी सापकोटा, रामबहादुर श्रेष्ठ, मंगल तामाङ, विशाल लामा र सरस्वती ढकाल रहेका छन् । त्यस्तै भेलाले प्रकाशचन्द्र भट्टराईको संयोजकत्वमा प्रचार प्रसार समिति पनि गठन गरेको छ ।
सो भेलामा जखडीमाई टोल विकास संस्थाकी अध्यक्ष कमला अर्यालले जखडीमाई मन्दिर ऐतिहाँसिक तथा धार्मिक महत्वको रहेको हुँदा प्रत्येक वर्ष फागुपुर्णिमामा यस मन्दिरमा विशेष पुजा तथा मेला लाग्ने हुँदा सबै टोलवासीले उक्त मेलालाई व्यवस्थित गर्न सहयोग गर्नु पर्ने बताईन् । जखडीमाई मन्दिरको उचित प्रचार प्रसार गर्न सकेमा यस क्षेत्रकै विकास हुने भन्दै अध्यक्ष अर्यालले सबै टोलबासीले उक्त मेलालाई भव्य, प्रभावकारी र व्यवस्थित गर्न सहयोग गर्नुपर्ने बताईन् ।
पुजा व्यवस्थापन समितिकी अध्यक्ष कमला गौतमले फागुपुर्णीमा मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन माईकिङ, प्रचार प्रसार, मन्दिरको सरसफाई, ध्वजापताकाले सिंगार पटारको काम गरिने बताईन् । सबै टोलवासी र पुजा व्यवस्थापन समितिलाई परिचालन गरि सबै भक्तजनले सहजरुपमा मन्दिरमा पुजा गर्न सक्ने व्यवस्था मिलाईने बताईन । मन्दिर परिसरमा पशु पन्छी बली दिनकोलागि नयाँ मौलो स्थापना पनि सोही दिन गरिने अध्यक्ष गौतमले बताईन् ।
जखडीमाई टोल विकास संस्थाका सचिव मनोज अर्यालले जखडीमाई मन्दिर ऐतिहाँसिक र धार्मिक रुपमा निकै प्रख्यात भएपनि यसको उचित प्रचार प्रसार नहुँदा अझैसम्म ओझेलमा परेको बताए । फागुपुर्णिमामा लाग्ने मेलामा हजारौं भक्तजन उपस्थित हुने हुँदा उक्त मेलाको व्यवस्थापन गर्न जिम्मेबारी टोल विकास संस्था र सबै टोलबासीको भएको अर्यालले बताए ।
फागुपुर्णिमा तथा होली पर्वमा जखडीमाई मन्दिरमा अघिल्लो दिन साझँ देखी नै मेला लाग्ने गर्दछ । फागुपुर्णिमाको अवसरम अघिल्लो साझँ देखि नै महिलाहरु जाग्राम बसी जखडीमाई देवीको नाममा दिप प्रज्वलन गर्ने गर्दछन् । होलीको दिन मन्दीमा बली दिनेको भिड पनि लाग्ने गर्दछ ।
यस मन्दिरमा परापुर्व काल देखि नै कुमाल समुदायले कुल देवीको रुपमा पुज्ने गरेको स्थानिय बासिन्दाहरुले बताएका छन् । उक्त स्थानमा मन्दिर निमार्ण हुनु अघि नै सालको रुखको फेँदमा ढुङ्गाको मुर्ति रहेको र त्यसलाई नै पुजा गर्ने गरिन्थयो । पछि मन्दिरको निर्माण पछि व्यस्थितरुपमा पुजा गर्न थालिएको हो । मन्दिरमा भाकल गरेपछि पुरा हुने जनविश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको