जुलाई ४, माल्टा ।
गैरआवासीय नेपाली सघं माल्टाको अगामी कार्यकालका लागि रेमलाल खनाल (रेम्स) ले समाबेशी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । माल्टाबासी नेपालीहरुको हक हितनै एनआरएनएकोे कर्तव्य हुने भन्दै एनआएनलाई सबैको साझा बनाउँन जनसम्पर्क समिति माल्टाको उपाध्यक्षबाट समेत राजिनामा दिएको छु उनले भने ।
नेपाली साथीहरुसंग सहकार्य गदै विभिन्न समस्या समाधानमा एनआरएनको भूमिका अपरिहार्य हुने देखेर माल्टामा एनआरएन ल्याई संस्थापक उपाध्यक्षमा समेत काम गरेको अनुभवका साथै विभिन्न संघसंस्थामा रहेर समाजसेवा गरिरहेको भन्दै हाल माल्टाबासी नेपालीहरुमा भएका समस्या समाधान गर्न आफु सक्षम रहेको खनाल बताउँछन् । उनले आफु खाडीमुलुकमा लगभग ३ बर्ष समेत विताएको र विदेशीभूमीमा नेपालीहरको समस्यासंग नजिक रहेको भन्दै विगत ४ बर्षदेखि माल्टामा कामदारको रुपमा काम गर्दाको अनुभव आफुसंग भएकाले माल्टामा रहेका नेपालीहरुको हकहीत र अधिकारको लागी माल्टा सरकार तथा गैर सरकारी संस्थाहरुसंग समन्वयन गदै नेपालीहरुमा परेका समस्या समाधानमा सहयोग गदै आइरहेको जानकारी गराउँदै आगमी दिनहरुमा पनि माल्टाबासी नेपालीहरुको लागि एनआरएन मार्फत सम्बन्धित निकायसँग छलफल तथा पहल गर्ने उद्धेश्यका साथ उम्मेदवारी दिएको उनको भनाई छ ।



खनालले आफुहरु अगामी कार्यकालका लागि विभिन्न १० बुदे घोषणा पत्र समेत सर्बजनिक गर्दै एनआरएनएलाई आफु नेपालीहरुको साझा सस्था बनाउनका लागि जस्तो सुकै काम गर्न तयार रहने प्रतिबद्धता उनले जाहेर गरेका छन् ।
उनको १० बुदे घोषणा पत्रमा गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ सम्पूर्ण माल्टावासी नेपालीहरुको साझा संस्थाको रुपमा विकाश गर्ने । वैदेशिक रोजगारी , व्यवसाय र अध्ययनको शिलशिलामा माल्टामा बसोबास गर्ने नेपालीहरुको हकहीत र अधिकारको लागी सम्बन्धित निकायसँग छलफल तथा पहल गर्ने । माल्टावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले जटिल समस्याको रुपमा भोग्दै आएका काउन्सिलर सेवाको लागी नेपाल सरकारको कुटनीतिक नियोगसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने । माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा भाइचाराको सम्बन्ध कायम गर्दै विभिन्न कला,संस्कृति तथा खेलकुदको माध्यमबाट नेपालको पर्यटन प्रवर्धनको लागी पहल गर्ने । गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टालाइ वैधानिक रुपमा दर्ता गरी कार्यालय स्थापना गर्न पहल गर्ने । माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुका बिचमा रहेका सम्भावनाहरुलाइ अध्ययन गरी सामूहिक लगानीको रुपमा माल्टा तथा नेपालमा लगानीको वातावरण सिर्जना गर्न पहल गर्ने । माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुको समस्या समाधान गर्न यहाँको मल्टिज् सरकार , विभिन्न गैर सरकारी संस्थाहरुसँग समन्वय गर्दै समाधानका लागी पहल गर्ने ।
माल्टामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाइ भैपरि आउने समस्याहरुलाई समाधान गर्न विभिन्न सरकारी, अर्धसरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग पहल गरी पच्चिस हजार यूरो सम्मको अक्षयकोष स्थापना गरी आपतकालीन राहात कोष सञ्चालन गर्ने ।
माल्टामा बसोबास गर्ने नेपालीहरुबाट माल्टामा जन्मेका बालबालिकाहरुको जन्मसिद्ध आधारमा पाउने अधिकार प्राप्तीका लागी मल्टिज् सरकारसँग समन्वय गर्ने । माल्टामा रहेका नेपालीहरुको मल्टिज् कानुनी प्रक्रिया सम्बन्धि रहेका समस्या समाधानका लागी स्थानीय कानुनविद्हरुसँग समन्वयन गरी हेल्पडेस्क स्थापना गर्ने । वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आइपर्ने समस्याहरुको समाधानका लागी नेपाल सरकारको कुटनैतिक नियोग तथा मल्टिज् सरोकारवालासँग समन्वयन् गर्दै समस्या न्यूनिकरण गर्ने आवश्यक पहल गर्ने । वैदेशिक रोजगारीको शिलशिलामा माल्टामा आवश्यक पर्ने सामाजिक सुरक्षा , विमा , स्वास्थ्य सम्वन्धि नीति एवम् बैंकिङ् खाता खोल्नमा सम्बन्धित निकायसँग समन्वय गरी छिटो , छरितो र भरपर्दो सेवाको लागी पहल गर्ने । गैर आवसिय नेपाली संघ युरोप क्षेत्रको क्षेत्रीय सम्मेलनमा नेपाल सरकारका कुटनैतिक निकाय प्रमुखसँग भएको छलफल बमोजिमको निर्णय कार्यन्वायनको लागी पहल गर्ने लगाएतका बुदाहरु सामेल रहेका छन् ।












