एनआरएनए माल्टाको महासचिवमा गुरुङ्गको उम्मेदवारी : भन्छन् नेपालीहरुहरुको मनोभावना अनुसार काम गर्नेछु।

Devghat Online

शेयर गरौ

जुलाई २४, माल्टा ।
गैरआवासीय नेपाली सघं माल्टाको अगामी कार्यकालका लागि महासचिव पदमा आकाश गुरुङ्गले आफ्नो उम्मेवारी दिएका छन् । उनले हरेक नेपालीलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीहरु विभिन्न क्षेत्रमा विस्तार गर्दै नेपाली समुदायको मनोभावना अनुसार काम गर्न एनआरएनए माल्टाको महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन् ।

चितवनको भरतपुर ६ इन्द्रपुरीमा स्थायी घर भएका गुरुङ्ग बिगत तीन वर्षदेखि माल्टामा आफ्नो कर्मथलो बनाउँदै आएका छन् । उम्मेदवार गुरुङ्ग माल्टामा रहेका विभिन्न संघ संस्थामा आबद्ध रहेर सांस्कृतिक, खेलकुद र अन्य कार्यक्रमबाट नेपालीहरुलाई साथ र सहयोग गर्दै आएको बताउँछन् ।

गुरुङले माल्टामा रहेका नेपाली समुदायको हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता गदै समाबेशी समुहलाई निर्वाचनमा अमुल्य मत दिई विजय गराउन समेत माल्टाबासी नेपालीहरुलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले