वित्तिय शुसासन जोखिम स्वमुल्यांकनमा म्याग्दे पहिलो

Devghat Online

शेयर गरौ

दमौली, फागुन २९

तनहूँका स्थानीय तह मध्ये वित्तिय शुसासन जोखिम स्वमुल्यांकनमा म्याग्दे गाँउपालिका पहिलो भएको छ । म्याग्देले उक्त मुल्यांकनमा ८३ अंक प्राप्त गरि पहिलो बनेको हो । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेको स्थानिय तह संस्थागत स्वमूल्यांकनमा म्याग्दे गाँउपालिका तनहूँमा पहिलो स्थानीय तह बनेको हो ।

तनहूँका पालिका मध्ये ७७.५ अंक प्राप्त गरि दोश्रो भिमाद र ७३.५ अंक प्राप्त गरि आवुँखैरेनी तेश्रो भएका छन् । त्यस्तै क्रमशः व्यास नपाले ७२, शुक्लागन्डकी नपाले ७०, बन्दिपुरले ५८, देवघाटले ५६.५, ऋषिङले ४९ भानुले ४१ र घिरिङले ३७.५ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहको योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङकन तथा प्रतिबेदन, अनुमगन मुल्यांकन तथा लेखापरिक्षण र राजश्व व्यवस्थापन विषयमा स्वमुल्यांकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी