शपथलगत्तै ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई

Devghat Online

शेयर गरौ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन्। यादवले पद तथा गोपनियताको शपथ लिएलगत्तै ओलीले बधाई दिएका हुन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए। चैत ३ गते भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर थिए।

जसपाबाट उम्मेदवार बनेका यादवलाई कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको साथ थियो। तर, उनले उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै जसपा र सांसद पदबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय