तनहुँ, चैत ६
शालिग्राम करिडोर अन्तर्गत तनहुँको देवघाट गाउँपालिकाभित्र सडक कालोपत्रे गर्न चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन भएको छ । गन्डकी प्रदेश सरकारले तनहुँ र चितवनको सिमाना दासढुङ्गाबाट मुस्ताङको मुक्तिनाथ जोड्ने शालिग्राम करिडोरको निर्माण कार्य सुरु गरेको हो ।
उक्त करिडोर अन्तर्गत दासढुङ्गाबाट देवघाटको देवपुरसम्म कालोपत्रे भईरहेको छ । दोश्रो चरणमा देवपुरबाट खहरेसम्मको १० किलोमिटर खण्डमा पक्की नाला सहित कालोपत्रे गर्ने गरि चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको हो । उक्त करिडोर कालोपत्रे गर्न चालु आर्थिक वर्षमा ४२ करोड विनियोजन हुने भएपनि १५ करोड मात्र विनियोजन भएको आफुले जानकारी पाएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
चालु आर्थिक वर्षमा उक्त १५ करोड बजेटले देवघाटको देउपुर देखि खहरे सम्मको १० किलोमिटर सडकमा पक्की नाला र ७ किलोमिटरमा कालोपत्रे हुने गाउँपालिकाका अध्यक्ष थापाले बताए । उक्त सडक सिमा भित्र पर्ने रुखहरु हटाउन सामुदायिक वन समुह र सम्बन्धित निकायलाई भनिसकेको भन्दै अध्यक्ष थापाले रुखहरु हटाईएपछि टेन्डर आह्वान गरेर कालोपत्रेको काम सुरु गरिने बताए ।
दासढुङ्गा–मुक्तिनाथ जोड्ने शालिग्राम करिडोरलाई गन्डकी प्रदेश सरकारले गौरबको आयोजनाको रुपमा समावेश गरि पुर्व अर्थमन्त्री किरण गुरुङ्गको विशेष पहलमा प्रदेशको योजनामा समावेश गरिएको थियो । उक्त सडकले कालिगन्डकी किनारका बस्तीहरुलाई सडक सन्जालसँग जोड्ने त्यस क्षेत्रको आर्थिक विकास हुने अपेक्षा गरिएको छ ।

रोल्पा जीप दुर्घटनामा मृतक संख्या २० पुग्यो
काठमाडौं । बैशाख १७ रोल्पामा भएको जीप दुर्घटनामा मृतकको संख्या २० पुगेको छ । रुकुमपूर्वबाट












