देवघाट अनलाईन
दमौली, चैत ७
राष्ट्रिय युवा संघ नेपाल म्याग्दे गाउँपालिका अध्यक्षमा अमिर श्रेष्ठ चयन भएका छन् । संघको सोमबार सम्पन्न गाउँ कमिटिको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । कमिटिको उपाध्यक्षमा सुन्दर थापा, सचिवमा सरोज श्रेष्ठ, सह–सचिवमा सविना श्रेष्ठ र कोषाध्यक्षमा उषा गुरुङ चयन भएका छन् ।
सन्तोष रानाको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले उद्घाटन गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य सिमा क्षेत्री, गन्डकी प्रदेश कमिटिका सदस्य दुर्गा पराजुली, जिल्ला कमिटिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला सचिवालय सदस्य रत्ना घिमिरे, जिल्ला सदस्य एवम् युवा इन्चार्ज देवान गुरुङ, राष्ट्रिय युवा संघ नेपाल तनहूँका जिल्ला अध्यक्ष मदन तिमल्सेना, नेकपा एमाले म्याग्दे गाउँ कमिटिका अध्यक्ष बसन्त थापा लगालते अधिवशेनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालको उम्मेदवारी
तनहुँ । असोज २० नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा नेतृ एलिजा ढकालले उम्मेदवारी दिएकी छन्












