मुख्यमन्त्रीसहित केन्द्रमा तीन मन्त्रालय नेकपा एसको बटमलाइन

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन

१० चैत, काठमाडौं ।

सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै छ ।

नेकपा एसले संघीय सरकारमा तीन मन्त्री र प्रदेशतर्फ एक मुख्यमन्त्रीको अडान कायमै राखेको छ । स्रोतका अनुसार नेकपा एसले गृहसहित तीन मन्त्रालय माग गरेको छ ।

केपी ओलीले राष्ट्रपति अफर गर्दा पनि छाडेको र उपराष्ट्रपतिमा पनि दाबी नगरेको भन्दै अध्यक्ष नेपालले गठबन्धनमा तीन ठूला दल कांग्रेस, माओवादी र जसपाले क्रमशः राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति पाएकाले अब रोज्ने पालो चौथो दलको रहेको बताएका छन् ।

गठबन्धनमा नेकपा एसलाई २ मन्त्रालय दिने तयारी भइरहेका बेला नेपालले तीनवटामा दाबी गरेका छन् । नेकपा एसले कोशी वा बागमती प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध